एमाले स्थायी समिति बैठक फेरि सर्‍यो

160
  •  
  •  
  •  

umlकाठमाडौ, १० फागुन (ओएनएस) : आइतबारको लागि बोलाइएको एमाले स्थायी कमिटी बैठक स्थगित भएको छ । गृहकार्य नपुगेको भन्दै आगामी मंगलवारसम्मका लागि बैठक स्थगित गरिएको एमालेले जनाएको छ ।

केन्द्रीय सदस्य मनोनय र पार्टी नेताको कार्यविभाजन टुंगो लगाउन स्थायी कमिटी बैठक आइतबार लागि डाकिएको थियो । पार्टीको विधानअनुसार, १० पूर्ण र ५ वैकल्पिक केन्द्रीय सदस्य मनोनयन गर्ने प्रावधान छ ।

एमालेको नवौं महाधिवेशन भएको आठ महिना बितिसक्दा पनि एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षबीच कुरा मिल्न नसक्दा मनोनय, कार्यविभाजन हुन नसकेको हो । यसअघिको स्थायी कमिटी बैठकबाट यस विषयमा टुंगो लाग्न नसकेपछि अध्यक्ष ओली नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन भएको थियो ।

अध्यक्ष ओली र नेपाल पक्षले केन्द्रीय सदस्य मनोनयनका लागि लामो सूची पेस गरेपछि त्यसलाई मिलाउन नेताहरूलाई हम्मे–हम्मे परेको छ ।


  •  
  •  
  •