एमालेमा ओली र नेपाल पक्षको भागबण्डा मिलाउन कठिन

167
  •  
  •  
  •  

काठमाडौं ६ फागुन (ओएनएस) : नेकपा एमालेमा पदीइ भाडबण्डा मिलाउ कठिन भएको छ । सचिवालयलाई जिम्मा दिएपनि नेताहरुले आफु अनुसार सूची पेश गरेपछि भागबण्डा मिलाउन कठिन भएको हो । भागबण्डा मिलाउन स्थायी समितिको बैठक आज बस्दैछ ।

आजको बैठकमा पनि पार्टी महाधिवेसन भएको लामो सयमसम्म पनि बाँकी केन्द्रिय सदस्य मनोनयन र कार्यविभाजनको टुंगो लगाउने प्रयास गरिने छ । केन्द्रीय सदस्य हुनको सूची लामो भएपछि भागबण्डा मिलामउन कठिन भएको हो ।

यसअघि दुई दिनसम्म चलेको स्थायी समितिको बैठकबाट टुङगो लाग्न नसकेपछि अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा पाँच सदस्य कार्यदल नै गठन गरिएको छ । त्यसका लागि हिजो कार्यदलको बैठक बसे पनि टुंगो भने लागिनसकेको नेताहरुले बताएका छन् ।

ओली र नेपाल पक्षको कुरा नमिलेपछि यी दुई विषयको टुंगो लगाउन एमालेलाई हम्मे–हम्मे परिरहेको हो । बैठक १२ बजेपछि बोलाइएको छ ।


  •  
  •  
  •