एमालेले दर्जन बढि केन्द्रीय सदस्य थप्दै

125
  •  
  •  
  •  

काठमाडौं, ४ फागुन (ओएनएस)  : नेकपा एमालेको स्थायी समितिको बैठकले सोमबार नयाँ केन्द्रीय सदस्यहरुको मनोनयन गर्दैछ । यस्तै समितिले केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्नेछ ।

बैठकले केन्द्रीय समितिमा १५ जना नयाँ केन्द्रीय सदस्यको मनोनयन गर्नेछ । मनोनयन र कार्यविभाजनको प्रस्ताव महासचिव ईश्वर पोखरेलले गर्नेछन् । केन्द्रीय सचिवालले छलफल गरेर प्रस्ताव ल्याउनु पर्ने भएपनि पोखरेलले सिधै प्रस्ताव ल्याउन लागेका हुन् ।

एमाले सचिव पृथ्बीसुब्बा गुरुङका अनुसार महासचिव पोखरेलले बैठकमा प्रस्ताव पेश गर्नेछन् । केन्द्रीय सचिवालमा छलफल गरेपछि प्रस्ताव ल्याउने बारे अनविज्ञता प्रकट गर्दे गुरुङ भने, ‘प्रस्ताव महासचिवले ल्याउने हो । ’ केन्द्रीय समितिमा १० प्रतिशत मनोनयन हुने प्रावधान छ ।

गुरुङका अनुसार १७ जना केन्द्रीय सदस्यको मनोनयन हुनु पर्ने भएपनि महाधिवेशनमा दुई केन्द्रीय सदस्यको बराबरी मत आएपछि १५ जनाको मनोनयन हुनेछ । यता माधव नेपाल पक्षले ८ जना सदस्य माग गरेपनि संस्थापन पक्षले अधिकांश आफ्ना पक्षका नेतालाई मनोनयन गर्न लागेको छ ।

महसचिव पोखरेलले नयाँ केन्द्रीय सदस्यको लागि विजय सुब्बा, कृष्णगोपाल श्रेष्ठ, राजेन्द्र राई, देवशंकर पौडेल, घनेन्द्र बस्नेत, देवराज घिमिरे, केदार न्यौपाने, झपेन्द्र जिसी, विनोद ढकाल पूर्ण केन्द्रीय सदस्यमा प्रस्ताव गर्नेछन् ।

यस्तै विदुर सापकोटा, हरि पराजुली, खेमचन्द्र ढकाल, झपट रावल, रुपनारायण श्रेष्ठ, रन्जु ठाकुर र सरला यादवको नाम बैकल्पिक केन्द्रीय सदस्यको लागि प्रस्ताव हुनेछन् । उल्लेखित नामलाई छलफलपछि स्थायी समितिले अन्तिम निर्णय लिनेछ ।


  •  
  •  
  •