काठमाडौं २० माघ । नेकपा एमालेले आर्थिक वर्ष ०७०/०७१ मा करिब १२ करोड रुपैयाँ खर्च गरेको छ । चुनाव र पार्टी सञ्चालनका लागि चन्दा दिने व्यापारी र शुभेच्छुकको नामसहितको विवरण पार्टीले निर्वाचन आयोगमा बुझाएको छ ।
दर्ता भएका दलहरुले हरेक वर्ष पुस मसान्तभित्र आय-व्ययको अडिट विवरण निर्वाचन आयोगमा बुझाउनुपर्ने प्रावधान छ । निर्वाचन आयोगका अनुसार एमालेले बुझाएको विवरणमा गत आवमा ११ करोड ९३ लाख ९७ हजार ६ सय आठ रुपैयाँ खर्च भएको उल्लेख छ ।
तर, यसमा नर्वौ महाधिवेशनको खर्च विवरण समावेश नभएको एमालेले जनाएको छ ।
एमालेले आय-व्यय विवरणमा २५ हजार रुपैयाँभन्दा बढी नगद चन्दा दिनेको नाम र रकमसमेत खुलाएको छ । जसबाट ५५ लाख २४ हजार र २५ हजारभन्दा कम चन्दाबाट एक करोड ४० लाख ३५ हजार आठ सय २४ रुपैयाँ आम्दानी भएको छ ।कान्तिपुरबाट
नयाँपत्रिकाबाट