विपक्षीको आन्दोलनमा जनता आउँदैनन् : एमाले

247
  •  
  •  
  •  

umlकाठमाडौ, १३ माघ (ओएनएस) : नेकपा एमालेले एमाओवादी नेतृत्वको विपक्षी मोर्चाको आन्दोलनको प्रष्ट रणनीति नभएको उल्लेख गर्दै उनीहरुले आन्दोलन गर्न नसक्ने निश्कर्ष निकालेको छ ।

एमालेले मंगलबार पार्टी मुख्यालय बल्खुमा १७ वटा जनसंगठन प्रमुख तथा पदाधिकारी, पार्टी पदाधिकारी एवं स्थायी कमिटी सदस्यसँग बैठक गर्दै जनताले आन्दोलनलाई सकारात्मक नलिएको ठहर गरेको छ ।

जनताको चाहना आन्दोनल नभई सहमतिबाट संविधान रहेको पनि निश्कर्ष निकालेको छ । एमाले बरिष्ठ नेता झलनाथ खनालले जनताले राजनीतिक दलबाट आन्दोलन नभई संविधान चाहेको बताउँदै विपक्षी मोर्चाको तीन चरणको आन्दोलन तेस्रो चरणमा पुग्दा संविधान जारी गर्न सकिने बताए ।उनले विपक्षीको आन्दोलनको रणनीति स्पष्ट नभएकाले पनि आन्दोनल गर्न नसक्ने बताए ।

यस्तै नेता माधवकुमार नेपालले संविधानसभामा एमाओवादीले गरिरहेको अवरोधलाई जनतामा पु-याउन जनवर्गिय संगठनका नेताहरुलाई आग्रह गरे । एमालेले देशभर साना ठुला आमसभा गर्ने तथा कार्यकता भेलामार्फत पार्टीको रणनीति बनाउँदैछ ।

त्यसको लागि मंगलबार गरिएको जनवर्गिय संगठनको भेलमा अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपनि खनाल, नेपाल, उपध्यक्षहरु वामदेव गौतम, विद्या भण्डारी, महासचिव विद्या भण्डारीको उपस्थिति थियो । एमालको बुधबार स्थायी कमिटिको बैठक बस्दैछ । उक्त बैठकले मंगलबार प्राप्त सुझावको आधारमा देशभर चलाइने अभियानको बारेमा निर्णय गर्नेछ ।


  •  
  •  
  •