एमालेले बोलायो बृहत कार्यकता भेला

300
  •  
  •  
  •  

काठमाडौं, २ माघ (ओएनएस)  : तोकिएको मितिमा संविधान आउने संभावना कमजोर बन्दै गएको बेला संविधानसभाको दोस्रो ठुलो पार्टी नेकपा एमालेले बृहत कार्यकता भेला बोलाउने निर्णय गरेको छ ।

संविधान निर्माणमा उत्पन्न नयाँ जटिलता तथा जनअपेक्षा अनुरुप संविधान निर्माण गर्ने सम्बन्धमा पार्टीको दृष्टिकोण सार्वजनिक गर्नको लागि भन्दै एमालेले माघ ५ गते बृहत कार्यकता भेला बोलाएको हो । भेला बोलाउने निर्णय पार्टीको स्थायी कमिटिले गरेको हो ।

भेला काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा गर्ने एमाले महासचिव ईश्वर पोखरेलले जारी गरेको प्रेश विज्ञप्तिमा उल्लेख छ । दिउँसो साढे १२ बजे बोलाइएको भेलालाई अध्यक्ष केपी ओली लगायतका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।

भेलामा अनिवार्य सहभागी हुन उपत्यकाका सबै पार्टी कमिटी र संगिठत सदस्य लगायतलाई पार्टीले निर्देश गरेको छ ।

Bhela


  •  
  •  
  •