असहज परिस्थिति भएपनि संविधान जारी हुन्छ : एमाले

595
  •  
  •  
  •  

काठमाडौं, २८ पुस (ओएनएस) : नेकपा एमालेले असहज परिस्थिति उत्पन्न भएपनि माघ ८ मै संविधान जारी हुने भन्दै तयारी अवस्थामा रहन आफ्ना सभासदहरुलाई निर्देशन दिएको छ ।

सोमबार बसेको संसदीय दलको बैठकमा एमाले अध्यक्ष केपीले सहमतिको लागि अन्तिम प्रयास गर्ने बताउँदै सहमति नभए प्रक्रियामा गएर भने पनि संविधान जारी हुने सभासदरुलाई विश्वास दिलाए ।

उनले सोमबार पनि सहमति नभए प्रक्रियामा गएर संविधान जारी हुने बताए । प्रक्रियामा गएर संविधान जारी गर्न खोजिए कडा संघर्ष गर्ने एमओवादी नेतृत्व ३० दलीय मोर्चाको चेतवानीप्रति संकेत गर्दै ओलीले त्यसको प्रतिकारको गर्न तयारी हालतमा बस्न सभासदलाई निर्देशन दिए । तयारी हालतमा रहन एमालेले माघ ८ गते सम्म जिव्ल्लामा नजान तथा कार्यक्रम नराख्न पनि निर्देशन दिएको छ ।

सभासदहरुले संविधान जारी गर्न नेतृत्वले लिएको अडान ठीक भएको भन्दै साथ दिने बताएपछि बैठकमा आफ्नो धारणा राखेका ओलीले सहमतिको लागि सोमबार अन्तिम प्रयास गर्ने बताए ।

त्यसअघि बैठकको सुरुमा महिला, जनजाति, मधेशी, दलीको तर्फबाट सभासदहरुले आफ्ना भनाई राखेका थिए । उनीहरुले पार्टीले लिएको अडान ठीक भएको भन्दै नेतृत्वको प्रशंसा गरेका थिए ।

मधेशी सभासदहरुको तर्फबाट आफ्नो सुझाव दिएका सत्यनारायण मण्डलले तराई, पहाड र हिमाललाई नछुट्याई प्रदेश बनाउन पर्ने बताए । उनले हिमाल र पाहाडलाई तराईबाट अलग गरिए भावी सन्ततीले धिर्काने बताउँदै पार्टीले लिएको अडानको प्रशंसा गरे ।

यस्तै महिला सभासद मञ्जुचौधरीले पनि तराईलाई मात्र छुट्टै प्रदेश बनाउन नहुने सुझाव दिइन् । मधेशी नेताहरुले तराईलाई अलग गर्दै विखण्डनको कुरा गर्दै हिडेको पनि उनले बताईन् ।

जनजाति सभसद शेरधन राईले पनि एकल पहिचानको आधारमा संघयता स्वकार नगर्न नेतृत्वलाई सुझाव दिए ।


  •  
  •  
  •