आफ्ना एजेण्डा जानकारी गराउन एमालेले देशभर भेला गर्ने

331
  •  
  •  
  •  

umlकाठमाडौं, ७ पुस (ओएनएस) :  नेकपा–एमालेले संविधानका आफ्ना एजेण्डाबारे जानकारी गराउन देशब्यापी भेला गर्ने भएको छ ।

केन्द्रीय सचिवालयको एघारौं बैठकको निर्णयले पुस १८ गतेदेखि देशब्यापी भेला गर्ने एमालेले जनाएको छ । माघ ८ गतेभित्रै संविधान निर्माणका लागि अनुकूल वातावरण निर्माण गर्न तथा संविधानका अन्तरवस्तुमा पार्टी दृष्टिकोण स्पष्ट पार्न मुख्य सहरहरूसहित सबै जिल्लामा वृहत् कार्यकर्ता भेला गर्ने एमालेले जनाएको छ ।

उक्त कार्यकर्ता भेलालाई पार्टी अध्यक्ष लगायत वरिष्ठ नेताहरू, पदाधिकारी एवं अन्य नेताहरूले सम्वोधन गर्नेछन् ।

प्रमुख नेताहरूले सम्वोधन गर्ने कार्यक्रम

जनकपुर– अध्यक्ष , केपी शर्मा ओली
विराटनगर– वरिष्ठ नेता,  झलनाथ खनाल
वीरगञ्ज– नेता, माधवकुमार नेपाल
नेपालगञ्ज– उपाध्यक्ष, वामदेव गौतम
पोखरा– उपाध्यक्ष, विद्यादेवी भण्डारी
धनगढी– उपाध्यक्ष, युवराज ज्ञवाली
महेन्द्रनगर– उपाध्यक्ष, अष्टलक्ष्मी शाक्य
बुटवल– उपाध्यक्ष, भीम रावल
लहान– महासचिव, ईश्वर पोखरेल
चितवन– उपमहासचिव, विष्णुप्रसाद पौडेल
सुर्खेत– उपमहासचि , घनश्याम भूषाल
हेटौंडा– सचिव, प्रदीप ज्ञवाली
धनकुटा– सचिव, पृथ्वीसुब्बा गुरूङ्ग
बाग्लुङ– सचिव, गोकर्णराज बिष्ट
डोटी– सचिव ,योगेश भट्टराई

त्यसै गरी पोलिटब्युरो र केन्द्रीय कमिटी सदस्यहरू, सभासद्हरू र अन्य नेताहरूले पनि विभिन्न जिल्लामा हुने कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।


  •  
  •  
  •