एमाले पार्टी कार्यालय बल्खुमा पनि अब मन्त्री !

789
  •  
  •  
  •  

umlकाठमाडौं ४ पुस (ओएनएस) : नेकपा एमालेको मन्त्रालय अनुसारको विभाग गठन गर्ने भएको छ । मन्त्रालयका कामसँग प्रत्यक्ष रूपमा पार्र्टीको जोडेर नयाँ विभागसहितको संरचनाका लागि गृह कार्य सुरु भएको छ । केहीदिनमा नै नयाँ विभाग अनुसार कार्ययोजना तोकिनेछ ।
एमाले उपाध्यक्ष युवराज ज्ञवालीले सरकारको काम कारवाहीसँग तालमेल मिलाउने गरि विभाग गठनको तयारी भइरहेको बताए । सैद्धान्तिक आधार पारित भइसकेकाले बाँकी काम अध्यक्ष केपी ओलीको संयोजनमा भइरहेको उनले जानकारी दिए । ‘पार्टी अब आर्थिक–सामाजिक रूपान्तरण लक्षित हुनुपर्नेछ’ उनले भने,सोहीअनुसार पार्टी केन्द्रीय कार्यालयको पनि व्यवस्थापन गर्ने योजनामा एमाल अघि बढ्न खोजेको छ । ’ सकेसम्म सबै पोलिटब्युरो सदस्यले एउटा विभाग सम्हाल्ने गपिर तय हुँदैछ ।
मन्त्रालयको नाम अनुसार विभाग
एमालेले मन्त्रालयको नाम अनुसार नै विभागको नाम पनि तय गरेको छ । जसमा संस्कृति, पर्यटन, सहकारी तथा गरिबी निवारण, उपभोक्ता हित तथा सुशासन, राष्ट्रिय सुरक्षा, सामान्य प्रशासन, श्रम तथा रोजगार, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास, सामाजिक सेवा, न्याय तथा कानुन, युवा तथा खेलकुद, वन तथा वातावरण, विज्ञान तथा प्रविधिजस्ता विभाग गठनको प्रस्ताव गरिएको छ ।
यसअघिका विभागीय नाममा सामान्य हेरफेर गरी नयाँ विभाग सहित ३३ ओटा विभागमा कार्ययोजना गरिनेछ । ‘अब एमाले पार्टी कार्यालय बल्खुमा पनि नयाँ मन्त्री हुनेछन’ एक पोलिटब्युरो सदस्यले भने । मन्त्रालय र मन्त्रीको कामलाई बल्खुबाट विभग प्रमुखले ‘वाच’ गर्ने भएपछि मन्त्री सरह नै जिम्मेवारी भएको उनको टिप्पणी छ ।


  •  
  •  
  •