एमाले भावी कार्ययोजनाका विषयमा छलफल गर्दै

347
  •  
  •  
  •  

 काठमाडौं १ पुस (ओएनएस) :  नेकपा एमालेले भावी कार्ययोजनाका विषयमा आजदेखि छलफल गर्दैछ । महाधिवेसन भएको लामो समयपछि एमाले बल्ल कार्ययोजनामा प्रवेश गर्दैछ । नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आज बस्दैछ । पोलिटब्यृुरो चयन पछि बस्न लागेको बैठकमा पार्टीको भावी कार्ययोजना, कार्यविभाजनका विषयमा छलफल हुनेछ । बैठकमा छलफलका लागि लिखित प्रतिवेदन तयार नगरिएपनि अध्यक्ष केपी शर्मा ओलीले बुदागत प्रस्ताव पेश गर्ने सचिव योगेश भट्टराईले जानकारी दिए ।

सहमतिका आधारमा पोलिटब्युरो र स्थायी समिति चयन गरिएपनि केही नेताहरुलाई जिम्मेवारी नदिएको भन्दै पार्टीभित्र असन्तुष्टि कायम रहेको छ ।  वैठकमा संविधानसभामा भइरहेको छलफल, संविधानका लागि पार्टीले खेल्ने दवाव अभियानका विषयमा पनि छलफल हुनेछ । बैठक दिउँसो १ बजे पार्टी कार्यालय बल्खुमा बोलाइएको छ ।


  •  
  •  
  •