स्थायी कमिटि र पोलिटब्युरो चयनको जिम्मा ओली र नेपाललाई

206
  •  
  •  
  •  

काठमाडौं, २६ मंसिर (ओएनएस) : नेकपा एमालेले स्थायी कमिटि र पोलिटब्युरो चयनको जिम्मा अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई दिएको छ । शुक्रबार बसेको पदाधिकारीको बैठकले दुई नेताहरुलाई स्थायी कमिटि र पोलिटब्युरो चयन गर्ने जिम्मा दिएको हो । दुई नेतालाई चयनको जिम्मा दिएपछि शुक्रबारको लागि तय भएको निर्वाचन अब नहुने भएको छ ।

यसअघि  विवाद समाधानका लागि गठन गरेको दुई सदस्यीय कायदलले पनि सहमति जुटाउन नसकेपछि पोलीटब्युरो तथा स्थायी समिति चुनाव प्रक्रिया अन्यौलमा परेको थियो । बिहिबार गठन भएको भीम रावल र ईश्वर पोखरेल रहेको दुई सदस्यीय कार्यदलमा पनि अहिले प्रकासित विधान सही या गलत भन्नेमा सहमति जुटाउन नसकेपछि शीर्ष नेताहरुले सहमति गर्ने भएका हुन् ।

महाधिवेशन सकिएको पाँच महिना वितिसक्दा पनि पोलिटब्यूरो सदस्यको योग्यता लगायतका बिषयको विवादले गठन हुन सकेको छैन । अहिले प्रकाशित विधानअनुसार पोलिट यूरो चयन गर्दा ओली पक्षलाई फाइदा हुन्छ ।

तर एक कार्यकाल पूर्ण सदस्य मात्र भएका व्यक्ति पोलिटब्यूरो सदस्य बन्ने प्रावधान विधान राखे नेपाल समूहका पनि धेरै नेताहरु चयन हुन सक्छन् । केन्द्रिय समितिको समिकरणअनुसार झण्डै ६० प्रतिशत ओली र ४० प्रतिशत नेपाल पक्षका केन्द्रिय सदस्य छन् । केन्द्रिय समितिमा पूर्ण र बैकल्पिक गरी १ सय ६३ सदस्य छन् । पूर्ण र बैकिल्पक गरी कुल ५४ जना पोलिटब्यूरो सदस्य हुन्छन् ।

१४ पदाधिकारी र एक बरिष्ठ नेता स्वतः पोलिटब्यूरो सदस्य हुने भएकाले बाँकी ३९ जनाको चयन गर्नुपर्ने छ । स्थायी समितिमा १९ जना सम्मको हुन सक्नेछ । त्यसमा पदाधिकारी र बरिष्ठ नेता गरी १५ जना स्वत स्थायी समिति सदस्य हुने चलन छ ।


  •  
  •  
  •