काठमाडौं १४ कात्तिक (ओएनएस) : नेताहरुको कार्य विभाजनसँगै स्थायी समिति तथा पोलिट ब्यूरो सदस्य चयन लगायतका एजेण्डाहरुमाथि छलफल र निर्णय गर्न एमालेको केन्द्रीय समितिको बैठक आजदेखि बस्दैछ । बैठकका हिुसावले तेस्रो भएपनि निणर्य प्रक्रियाले यसलाई पहिलो मानिएको छ । महाधिवेशन भएको झण्डै तीन महिनापछि पार्टीका मुख्य एजेण्डामा छलफल गर्न यो बैठक हुन लागेको हो । अध्यक्ष केपी शर्मा ओलीले आजको बैठकमा प्रतिवेदन पेश गरेपछि भोलिदेखि ती प्रस्तावमा औपचारीक छलफल हुनेछ । यसअघि पार्टीको विधानका विषयमा देखिएको विवाद अन्त्य गरेर त्यस अनुसार पोलिटब्युरो चयन हुने नेताहरुले बताउका छन् । एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले केन्द्रीय समितिको चयनपछि एजेण्डा सहित बस्न लागेको बैठकमा पार्टी सन्चानका एजेण्डा, सरकारको समिक्षा, संविधान निर्माणका विषयमा छलफल हुने बताए । एमालेले सरकारका मन्त्रालय अनुसार पार्टीमा विभाग गर्ने गर्ने तयारी गरेको छ । यसअघिका दुइृ बैठकमा पार्टीको विधान र महाधिवेशनकाबाट पारित दस्तावेजले अन्तिम रुप नदिएका कारण एमालेका आन्तरिक काम अल्एका थिए ।
पदाधिकारी बैठकमा संविधानका मुद्दा
एमाले प्रधानमन्त्रीमा शासकीय स्वरुपमा विषयमा विवाद देखिएको छ । कार्यकारी प्रधानमन्त्री वा संसदीय सुधारिएको व्यवस्था भन्नेमा विवाद देखिएको छ । तीनै विवाद सहित संविधानका विषयमा छलफल गर्न असहले विहान पदाधिकारी बैठक बस्दैछ । सिंहदरबारमा रहेको संसदीय दलको कार्यालयमा बस्ने बैठकमा एमालेका पदाधिकारीहरुको सुझाव लिइनेछ । शासकीय स्वरुपमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको पुरानो अडान नछोड्न पार्टीका शिर्ष नेताहरुलाई सुझाव दिएका छन् ।