प्रचण्डलाई ‘तह’ लगाउन एमालेका चार प्रदेश !

155
  •  
  •  
  •  

काठमाडौं, १० कात्तिक (ओएनएस)  : संविधानका विवादित विषयमा सहमति जुटाउन भन्दै प्रमुख तीन दलको बैठक सोमवार विहान बोलाइएको थियो । तर, एमालेका शीर्ष नेता बैठकमा उपस्थित नभएको भन्दै बैठक औपचारिक रुपमा बस्न सकेन । एमाले अध्यक्ष केपी ओली अस्वस्थ भएपछि बैठकमा जान सकेनन भने नेता मावध नेपालले बैठक बस्ने आधिकारिक जानकारी नपाएर बैठकमा नभएको बताए ।
बैठकमा एमालेकातर्फबाट अग्नी खरेल सहभागी भएका थिए ।

खरेल बैठक कक्षमा पुग्नासाथ एमाओवादी अध्यक्ष प्रचण्डले प्रश्न तेस्र्याए, ‘तपाईहरुले किन चार प्रदेशको कुरा गरेको ?’ नेता खरेलले तुरुन्तै जवाफ दिइहाले, ‘तपाईहरु चाँही किन दश प्रदेशबाट तल नझर्नु भएको ?’

बैठकमा सहभागी एक नेताका अनुसार केही बेर प्रचण्ड र खरेलबीच हासी मजाक शैलीमा बहस नै भयो । प्रचण्डलाई खरेलले एमाओवादी दश प्रदेशमा अडिक रहने हो भने एमाले चार प्रदेशको पक्षमा अडिक रहने बताएका थिए । उनले पहिलो संविधानसभाको ठुलो दलको दम्भ त्याग्न सुझाव दिँदै खरेलले ‘प्रचण्डलाई तह लगाउन एमालेले चार प्रदेश’ प्रस्ताव गरेको बताएका थिए ।

जवाफमा प्रचण्डले एमालेले विगतमा सात प्रदेशमा सहमति जनाएकाले अहिले आएर चार प्रदेश बन्नु राजनीतिक बेइमानी भएको बताएका थिए । खरेलले भने केपी ओली अरुजस्तो नेता नभएकोतर्क गर्दै प्रचण्डलाई तह लगाउन खुवी ओलीमा मात्र रहेको बताएका थिए ।

खरेल निकै खरो रुपमा प्रस्तुत भएपछि प्रचण्डले आफूहरु दश प्रदेशबाट तल झर्ने बताएका थिए । खरेलले एमाओवादी दश प्रदेशबाट तल झरे नामको विषयमा एमाले लचक हुन तयार रहेको बताएका थिए । ‘पहिला प्रदेशको संख्या टुंगो लगाऊँ, अनि नामको विषयमा सोच्न सकिन्छ, खरेलले भने ।


  •  
  •  
  •