एमाले तीन मन्त्री परिवर्तन गर्ने तयारीमा

541
  •  
  •  
  •  

काठमाडौं, ३ कात्तिक (ओएनएस) : नेकपा एमालेले सरकारमा रहेका तीनजना मन्त्रीलाई फेरि फिर्ता बोलाउने भएका छन् । उद्योगमन्त्रीबाट कर्णथापा र पर्यटन मन्त्रीबाट भीम आचार्यलाई फिर्ता बोलाएको एक महिना नपुग्दै फेरि तीनजनालाई फिर्ता बोलाउन लागेको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो एकल निणर्यबाट मन्त्री फेरबदल गर्न लागेको स्रोतले जनाएको छ ।

अध्यक्ष ओलीले उर्जा, युवा तथा खेलकुद र स्वास्थ्य मन्त्रीलाई फिर्ता बोलाएर नयाँ नाम सिफारिस गर्ने तयारी गरेका छन् । निकटस्थहरुसँग उनले छलफल गरिसकेका छन् । उर्जा मन्त्रालयमा राधा ज्ञवाली, यूवा तथा खेलकूदमा पोरुषोत्तम पौडेल र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी खगराज अधिकारीले सम्हाल्दै आएका छन् । उनीहरुको ठाउँमा संविधानसभामा सदस्य नरहेका नयाँ अनुहार पठाउने अध्यक्ष ओलीको योजना छ ।

khagaउर्जा र स्वास्थ्यले ओलीपक्षबाट र युवा खेलकूदमा बरिष्ठ नेता झलनाथ खनाल पक्ष मानिने नेताहरुलाई पठाउने ओली निटकका एक नेताले जानकारी दिए । उप–प्रधान तथा गृहमन्त्री वामदेव गौतमलाई नै फिर्ता बोलाएर उपाध्यक्ष विद्या भण्डारी वा शंकर पोखरेललाई पठाउने तयार भएपनि गृहमन्त्री गौतम र कृषि मन्त्री हरी पराजुलीलाई पनि तत्काल नचलाइने भएको छ । एमाले अध्यक्ष ओलीले मन्त्रीमण्डल फेर्ने तयारी गरेपछि उनको निजी निवास बालकोटमा नेताहरुको दौडधुप सुरु भएको छ ।

नयाँ मन्त्री बनाउने सूचीमा आनन्द पोखरेल, गोकुल बास्कोटा, निरु पाल लगायतको नाम चर्चामा छ । करिव १० दिनअघि बसेको बैठकमा नै बजेट पारित भए लगत्तै मन्त्रिमण्डल पुर्नगठन गर्नेमा सहमति भएको एक नेताले बताए । ‘अब बजेट पनि पारित भइसकोको छ, एक नेताले भने।‘ ‘तिहार अगाडि नै मन्त्रिमण्डल पुर्नगठन गर्ने भन्नेमा यसअघि नै सहमति भएपनि अब तिहारपछि मन्त्री फरेको समाचार सुन्नमा आउनेछ । ’ उनका अनुसार कांग्रेस एमाले दुइटैले मन्त्री फर्ने विषयमा सहमति भएको छ ।

अहिले मन्त्री विहीन रहेको शान्ति मन्त्रालय एमालेले सम्हाल्ने पनि सहमति भएको छ ।purushottam प्रधानमन्त्री सुशील कोइरालाले पनि यसअघि हटाउने चर्चामा रहेका शहरी विकासमन्त्री नारायण खड्का र संचारमन्त्री डा मिनेन्द्र रिजाललाई हटाएर उनका ठाउँमा आफू निकट नयाँ मन्त्री नियुक्ती गर्ने मनस्थीतिमा पुगेपनि वरिष्ठ नेता शेरबहादुर देउवाले तत्काल मन्त्री परिवर्तन गर्दा नकारात्मक सन्देश जाने भन्दै तत्काल मन्त्री परिवर्तन नगर्न दबाब दिएपनि कोइराला पछि हटेको स्रोतले बताएको छ ।


  •  
  •  
  •