प्रक्रियामा गएरपनि माघ ८ मा संविधान : ज्ञवाली

129
  •  
  •  
  •  

काठमाडौं, १८ असोज (ओएनएस)  : नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले सबै पार्टीविच संघीयता र शासकीय स्वरुपमा सहमती हुने संभावना नरहेकोे तर्क गर्दै प्रक्रियामा गएर भएपनि मुलुकलाई माघ ८ गते संविधान दिनुपर्ने बताएका छन् ।

ज्ञवालीले अहिले पनि दलहरुवीच सहमती कायम गर्न अधिक प्रयास जारी रहेको बताउँदै सहमती नभए प्रक्रियामा जानुको विकल्प नभएकोमा जोड दिएका छन् ।
उनले नेकपा एमाले पहिचानसहितको संघियताको पक्षमा रहेको बताउँदै भूगोलको आधारमा साझा पहिचानसहितको संघियता बनाउने पक्षमा रहेको स्पष्टा पारेका छन् ।

ज्ञवालीले सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमालेवीच शासकीय स्वरुप र संघियतामा साझा दृष्टिकोण बनिसकेको बताउँदै एकिकृत माओवादी पार्टीलाई पनि सहमतीमा ल्याउने प्रयास भैरहेको जानकारी दिए । उनले भने–‘‘यदि त्यसो हुन सकेन भने हामी संविधान सभामा प्रतिनिधित्व गर्ने अधिकतम दलहरुवीच सहमती कायम गरेर भएपनि अघि बढ्छौं ।

नेपाली जनतालाई कुनै हालतमा पनि संविधान दिनुपर्ने भएकाले प्रक्रियामा जानुको विकल्प छैन् । एमाले सात प्रदेशको पक्षमा छ, त्यो भन्दा माथि हामी जानै सक्तैनौ । शासकीय स्वरुपको बारेमा हामी प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र संवैधानिक राष्ट्रपतीको पक्षमा छौं, तर त्यसमा हामी सहमतीका लागि हदैसम्म लचिलो हुन तयार छौ । ’’


  •  
  •  
  •