एमालेको प्रमुख सचेतकमा अग्नि खरेल

387
  •  
  •  
  •  

काठमाडौं, २५ भदौ (ओएनए) एमालेले मन्त्रिपरिषद्बाट सभासदमा मनोनित अग्नि खरेललाई प्रमुख सचेतकमा मनोनित गरेको छ । बुधवार बसेको एमाले संसदीय दलको बैठकले खरेललाई प्रमुख सचेतकको जिम्मेवारी दिएको हो ।
मन्त्रिपरिषदबाट मनोनित गर्ने २६ मध्ये १७ सभासद मनोनयनमा उनी एमालेको कोटामा सभासद बनेका हुन् ।
एमाले संसदीय दलका अध्यक्ष ओलीले प्रत्यक्ष निर्वाचित सभासदलाई भन्दा मनोनित सभासदलाई प्राथमिकता दिएका छन् ।
अघिल्लो संविधानसभामा मन्त्रिपरिषद्बाट मनोनित कमला पन्थी कांग्रेसको सचेतक बनेकी थिइन् ।
सर्वोच्च अदालतले भने समानुपातिक वा प्रत्यक्षमा उम्मेद्वार भएका तथा राजनीतिक दलका सदस्यलाई सभासदमा मनोनित नगर्न र मनोनित भएकाहरुलाई संसदरसंविधानसभामा छुट्टै स्थानमा राख्न आदेश दिएको थियो ।
तर, दलको कोटामा सभासद बनेका अधिकांश सभासदहरु सर्वोच्चको आदेश विपरीत पार्टीबाट चुनिएका सभासदसँगै मिसिएर बस्ने गरेका छन् ।गत माघमा नै संसदीय दलको नेतामा चयन भएपनि ओलीले उपनेता प्रमुख सचेतक र सचेतक तोकेको थिएनन् ।

प्रमुख सचेतक र सचेतक संसदीय दलको नेताले तोक्ने भने पनि उपनेताका लागि चुनावी प्रक्रियाबाट जानुपर्ने एमालेको संसदीय दलको विधानमा छ ।


  •  
  •  
  •