प्रतिनीधि आफ्नो पक्षमा पार्न दुवै पक्ष आक्रामक

304
  •  
  •  
  •  

काठमाडौं ७ असार (ओएनएस) : नेकपा एमालेमा प्रतिनीधि आफ्नो पक्षमा पार्न दुवै पक्ष आक्रामक बनेका छन् । पार्टी नेतृत्वमा ल्याउनेदेखि विभिन्न आश्वासन दिएर दुई गुटका नेताहरु जिल्ला दौडाहामा पुगेका छन् । नवौ महाधिवेसनका लागि आज देशभरी प्रतिनीधि छनौट गर्ने भएको छ । उप निर्वाचन हुने चारवटा जिल्ला वाहेक अरु ठाउँमा आजबाट प्रतिनीधि छनौट सुरु हुने एमालेले जनाएको छ । ती जिल्लामा असार १० गते हुनेछ । केही जिल्लामा प्रतिनीधि छनौट भइसकेका छन् ।

पार्टीको भावी अध्यक्षका प्रत्यासी बरिष्ठ नेता मावकुमार नेपाल र नेता केपी शर्मा ओली पक्षले आफ्ना प्रतिनीधि धेरै तान्न कसरत जारी राखेका छन् । गाउँ तहसम्म एमाले कार्यकर्ताहरु दुई गुटमा विभाजित देखिएका छन् । महाधिवेशनमा झण्डै दुई लाख ६० हजार संगठित सदस्यहरु मध्येबाट झण्डै दुई हजार प्रतिनीधि छनौट हुनेछन् । एमाले सचिव युवराज ज्ञवालीले अधिकांस जिल्लामा बेलुकासम्म प्रतिनीधि छनौट भइसक्ने जानकारी दिए । एमाले महाधिवेसन असार १९ बाट काठमाण्डुमा हुँदैछ । दुवै पक्षले आफ्ना समुहका नेताहरु नै बढी आउने दावी गरेका छन् ।


  •  
  •  
  •