पार्टीका विवादलाई थाँती राखेर एमाले संविधानमा केन्द्रित

70
  •  
  •  
  •  

काठमाडौं १६ भदौ (ओएनएस) : पार्टीभित्रको विवादलाई थाँती राखेर नेकपा एमालेले संविधानका अन्र्तबस्तुमा छलफलमा जुट्दैछ । अध्यक्ष केपी शर्मा ओली फर्किपछि २६ सभासद मनोनयन लगायतका विवादमा छलफल गर्नेगरि आज संविधानका विवादित विषयमा पार्टीको आधिकारीक धारणा बनाउने एमालेले जनाएको छ । संविधानका अन्र्तबस्तुमा छलफल गर्न र अन्यदलसँग् सहमति खोज्न नेकपा एमालेको पदाधिकारी बैठक आज बस्दैछ ।

दिउँसो सिंहदरबारमा बस्ने बैठकमा संविधानसभका अन्तरस्तुमा पार्टीको अवधारणा बनाउन छलफल हुन सचिव यागेश भट्टराईले जानकारी दिए । उनका अनुसार संविधानका विवादित विषयमा पार्टीको बटमलाइन तय गर्न बैठकमाछलफल हुनेछ । हिजोको बैठकले बैठकले स्वतन्त्र न्ययप्रणालीलाई बलियो बनाउने, मुलुक संघियतामा गएपनि अदालत भने अहिलेकै अवस्थामा हुनुपर्ने, न्यायधिकस नियुत्ती निष्पक्ष गर्नुपर्ने धारणा बनाएको छ।


  •  
  •  
  •