सभासद मनोनयनबारे वामदेव नै अनविज्ञ

87
  •  
  •  
  •  

काठमाडौं १६ भदौ ।
नेकपा एमालेको पदाधिकारीको आइतबार सिंहदरबारमा बसेको बैठकमा पार्टी सचिव योगेश भट्टराईले सभासद मनोनयनका बारेमा पार्टीको आधिकारीक धारणा माग गरेका थिए । कार्यवहाक अध्यक्ष वामदेव गौतमको अध्यक्षतामा बसेको बैठकमा सचिव भट्टराईले एमालेका तर्फबाट मनोनित सभासद्हरुको कोसँग सल्लाह गरेर गरियो भन्ने जवाफ मागेका थिए ।बैठकको अध्यक्षता गरेका कार्यवहाक अध्यक्ष गौतमले सभासद मनोनयन अध्यक्षको हैसियतमा केपी ओली शर्माले गर्नुभएको जानकारी दिँदै सभासद मनोनयनका बारेमा आफूलाई समेत जानकारी नभएको बैठकमा बताए । उनको यस विषयमा अध्यक्ष स्वदेश फर्केपछि जानकारी लिन सकिने बताएपछि बैठक अन्य विषयमा प्रवेश नै नगरी स्थगित भयो । नेपालसमाचारपत्रबाट


  •  
  •  
  •