राज्य पुनःसंरचनाबारे एमाले छलफलमा

264
  •  
  •  
  •  

काठमाडौं ६ भदौ (ओएनएस) : राज्य पुनःसंरचनासहित संविधानका अन्तर्वस्तुमा धारणा बनाउन नेकपा एमालेमा छलफल सुरु भएको छ। पार्टी मुख्यालय बल्खुमा बिहीबारदेखि सुरुभएको पदाधिकारी बैठक आजपनि जारी छ । बिहान ८ बजेदेखि पार्टी कार्यालय बल्खुमा जारी बैठकमा कांग्रेससँग भएको सहमति र राज्यपुनर्संरचनाका विषयमा छलफल हुनेछ । पदाधिकारी बैठकमा सकेसम्म कम प्रदेश निर्माण गरेर जानुपर्ने धारणा आएको छ। ‘सात प्रदेश निर्माण गरेर जानुपर्छ भन्ने हाम्रो पहिलकै निर्णय हो। आज ‘संविधानका अन्तर्वस्तुबारे आज पनि थप छलफल हुने सचिव यागेश भट्टराईले जानकारी दिए ।

संविधान जारी गर्ने समय नजिकिँदै जाँदा संविधानका अन्तर्वस्तुका विषयमा अझै स्पष्ट धारणा बनाउन एमालेसहितका राजनीतिक दलहरू आन्तरिक छलफलमा जुटेका हुन्।
एमाओवादी एकल जातीय पहिचानका आधारमा प्रदेश निर्माण गर्नुपर्ने पक्षमा छ। कांग्रेस र एमाले त्यसको विपक्षमा छन्।
कांग्रेस र एमालेबीच राज्य पुनःसंरचनाको विषयमा धारणा मिले पनि शासकीय स्वरूपमा एमाले र माओवादी नजिक छन्। दुवै निर्वाचित कार्यकारीको पक्षमा छन्।


  •  
  •  
  •