काठमाडौं, ६ असार (ओएनएस) । एमालेको आश्वन्न नवौं महाधिवेशनको पुर्वसन्ध्यामा अध्यक्षका प्रत्यासीद्वय वरिष्ठ नेता मावध नेपाल र संसदीय दलका नेता केपी ओलीबीच चर्को आरोप्रत्यारोप सुरु भएको छ ।
एउटै दलको महाधिवेशन भएपनि विपरित दलको जस्तो गरी एउटै पार्टीका वरिष्ठ नेताहरुबीच आरोप प्रत्यारोप भएको हो ।
शुक्रवार दुवै नेताहरुले राजधानीमा छुट्टा छुट्टै पत्रकार सम्मेलन गरी आफ्नो उम्मेदवारीको औचित्य पुष्टि गर्ने प्रयास गरेका थिए ।
संसदीय दलका नेतासमेत रहेका नेता केपी शर्मा ओलीले पुर्वाग्रही र कटुतापुर्ण टिप्पणी गरेर आगामी नवौं महाधिवेशनलाई मुख्य एजेण्डाबाट बराल्न खोजिएको आरोप लगाए ।
ओलीले आफू अस्वस्थ प्रतिष्पर्धा नगर्ने प्रतिबद्धता जनाउँदै आगामी दिनमा पार्टीलाई सामूहिक नेतृत्वका साथ अगाडि बढाउनुपर्नेमा जोड दिए ।
उनले आफ्नो निजी जीवनका बारेमा टिप्पणी गरिएपनि भोलि जिम्मेवारी दिँदा योग्यता, क्षमता र योगदानका आधारमा दिने बताए ।
पार्टीमा योजनाबद्ध ढंगले नेतृत्व विकास गर्ने पद्धति स्थापित हुन नसकेको र पार्टी नेतृत्व फेरि पनि घुमाइफिराइ सीमित व्यक्तिकै वरिपरि रहने स्थितिको अन्त्य गर्न आफूले नेतृत्व हस्तान्तरणको कुरा उठाएको र आफू अध्यक्ष बन्न खोजेको उल्लेख गरे ।
उता अर्का वरिष्ठ नेता एवं अध्यक्षका प्रत्यासी माधव नेपालले भने ओली पक्षले कार्यकर्तालाई धम्की दिएको आरोप लगाएका छन् ।
नेपालले राजनीतिक नियुक्तिसहितका विभिन्न प्रलोभन देखाएको आरोप लगाए ।
‘राजनीतिक नियुक्तिको लोभ देखाउने , विभिन्न किसिमका प्रलोभन दिने र त्यसो गर्दा पनि दबाबमा नपर्ने कार्यकर्ताहरुाई राजनीतिक भविष्ण् खतरामा पर्ने चेतावनी प्रत्यक्ष, अप्रत्यक्ष रुपमा दिने जस्ता गलत व्यवहार देखापर्न थालेका छन, नेपाले भने,‘ यस्ता तरिकाहरु हाम्रो जस्तो पार्टीको आन्तरिक लोकतन्त्रका अभ्यासको लागि अशोभनीय हुन ।’
नेपालले महाधिवेशन प्रभावितगर्न राज्यशक्तिको दुरुपयोग गरिएको आरोप लगाएका छन् । नेता नेपालले कार्यकर्ताको राजनीतिक भविश्य समाप्त पारिदिने सम्ममा धम्की आएको बताएका हुन ।
‘यसपल्ट मैले विभिन्न स्थानका कार्यकर्तावाट अनेकौ गुनासा सुन्नु परेको छ, राजनीतिक नियुक्तीको लोभ देखाउने, बिभिन्न किशिमका प्रलोभन दिने र त्यती गर्दापनि दबाबमा नपर्ने कार्यकर्तालाइ राजनीतिक भविश्य खतरामा पर्ने चेतावनी प्रतक्ष, अप्रतक्ष रुपमा दिने गलत व्यबहार देखा पर्न थालेका छन्, पत्रकार सम्मेलनमा विपरित प्रेस विज्ञप्तीमा उल्लेख छ ।’
आफ्नो पक्षका कार्यकर्तालाइ कस्ले धम्की दियो भन्ने प्रष्ट नगरेपनि पार्टी भीत्रवाटै त्यस्तो धम्की दिइएको नेपालको दावी थियो । ‘गला तासिदिने, भविश्य सिद्धाइदिने सम्ममा धम्की आएको कार्यकर्ताले गुनासो गरेका छन, नेपालल्े भने ।’
त्यसअघि आयोजित पत्रकार सम्मेलनमा केप ीओली पक्षका नेता एवं गृहमन्त्री बावमेद गौतमले महाधिवेशन प्रभावित गर्न राज्यको तर्फवाट शक्तिको दूरुपयोग नहुने बताएका थिए । ‘महाधिवेशन प्रभावित गर्न राज्यशक्तिको सदुपयोग पनि हुन्न, दुरुपयोग पनि हुन्न’ गौतमले भने ।
कठमाडौको बानेश्वर स्थित अल्फाबेटा हाउसमा केप ीओली पक्षले पत्रकार सम्मेलन आयोजना गरे लगत्तै माधव नेपाल समूहले संगैको इन्दे्रणी कम्पलेक्समा पत्रकार सम्मेलन आयोजना गरेको थियो ।