एमाले सदस्यमा पनि नेपाल समुह अगाडी

278
  •  
  •  
  •  

काठमाडौं ३१ असार (ओएनएस) : नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदानको गणना जारी रहेको छ । रातीदेखि केन्द्रीय सदस्यको मतगणना भइरहेको छ । राती १२ बजेसम्म गरिएको मतगणनाको परिणाम भने बाहिर ल्याइएको छैन । एकैपटक परिणाम सार्वजनिक पदाधिकारकिो स्थगित गरेर केन्द्रीय सदस्यको गन्न थालिएको छ । केन्द्रीय सदस्यमा पनि केही मत अन्तरले नेपाल समुह अघि रहेको छ । नयाँ नेतृत्वका लागि भएको नेकपा (एमाले) को दशरथ रङ्गशालामा जारी मतगणनामा पदाधिकारीमा माधवकुमार नेपाल समुहको अग्रता रहेको छ । केन्द्रीय सदस्यको मत गन्न झन धेरै समय लागि रहेको छ ।

हिजो साँझसम्म पदाधिकारीमा अध्यक्षका प्रत्याशी नेपालको ६६६ र केपी शर्मा ६०१ मत प्राप्त भएको छ । पदाधिकारीतर्फ अब गण्डकी, लुम्बिनी, धौवलागिरि, भेरी, राप्ती, सेती, महाकाली र प्रवासका गरी ९६७ मत गणना हुन बाँकी छ । अहिलेसम्म अध्यक्षमा करिब २५ मत खाली परेका छन् केही मत बदर भएका छन् । अन्य पदमा पनि नेपाल समूहकै अग्रता छ । आइतबारको गणनामा ओली समूहले केही मतअन्तरले अगुवाइ गरेको थियो । गणना हुन बाँकी क्षेत्रमा ओलीले केही मतले अगुवाइ गर्ने अनुमान गरिएको छ ।

दुई समूहबीच कडा प्रतिस्पर्धा भएकाले अन्तिममा कसको विजय हुन्छ यकीन अनुमान गर्न कठीन भएको छ । दुवै समूहमध्ये सचिवका उम्मेदवार गोकर्णराज विष्ट र प्रदिपराज ज्ञवालीलाई सबैभन्दा बढी अनुपातमा मत प्राप्त भएको छ । सदस्यको सङ्ख्या धेरै भएका कारण मत परिणाम आउन समय लागेपछि पदाधिकारीको मात्रै अन्तिम परिणाम सार्वजनिक नगर्न दुवै समूह सहमत भएपछि यस्तो निर्णय भएको हो ।सदस्यको एक हजार ३०० मत गणना गरिसक्न आज रसाँझ लाग्नसक्ने र त्यसपछि पुनः सबैको गणनासँगै हुने छ । निर्वाचनमा २१७६ प्रतिनिधिमध्ये २१५२ प्रतिनिधिले भाग लिएका थिए ।


  •  
  •  
  •