नेपाल वा ओलीले जित्दा र हार्दा के हुन्छ ?

148
  •  
  •  
  •  

भूवन क्षेत्री

काठमाडौं ३० असार (ओएनएस) शनिवारको प्रभातकालीन समयमा एमालेका मतदाताले कसलाई पार्टी अध्यक्ष बनाउने भन्ने फैसला गरिसकेका छन, केबल त्यो बन्द बाकस भित्र छ । अन्तिम नतिजा कुर्न अझ केही घण्टा कुर्नु पर्नेछ ।

नेकपा एमालेका कार्यकर्ता मात्र नभई राजनीतिप्रति चासो राख्नेको ध्यान एमाले महाधिवेशनको नजिता तर्फ केन्द्रित छ । प्रारम्भिक मतगणनामा केपी शर्मा ओली समूह अगाडि देखिए पनि सोमबार अपरान्ह सम्मको नतिजामा माधवकुमार नेपाल समूह बलियो देखिएको छ ।

यद्यपि निर्णायक मानिने ८ सय भोट गन्न बाँकी रहेका कारण पूर्वानुमान गर्नु हतारो हुनेछ । एमालेको नेतृत्व कुन पक्षले जित्छ भन्ने यकीन नभएपनि प्यानलकै बर्चश्व हुने देखिएको छ । फलस्वरुप एमाले भित्र खारिएको ठूलो पक्ति बाहिर रहने छ, त्यसको असर आगामी निर्वाचनमा पहिलो पार्टी बन्न दावी गरेको एमालेका लागि महंगो पर्ने देखिन्छ ।
एमालेको ‘ए’ बाँकी छैन
एकताको महाधिवेशन भनिए पनि एमालेको नबौ महाधिवेशनले एकताको सट्टा स्थायी गुटबन्दी निर्माण गरेजस्तो देखिएको छ । ‘

पार्टीमा नमेटिने गरी स्थायी गुटबन्दीको पुनराबृत्ति भएको छ, एमालेका एकजना निवर्तमान केन्द्रीय सदस्यले भने ‘जानी नजानि नेताहरुले गुटबन्दी संस्थागत गरे, यो तुष अर्को महाधिवेशन सम्म जाने निश्चित छ ।’

गुटबन्दीको बिरोधमा मतदान बहिस्कार गरेका एमाले नेता मोदनाथ प्रश्रित गुटबन्दीका कारण एमालेको ‘ए’ बाँकी नरहेको तर्क गर्छन । ‘परिपक्क नेताले अधकल्चो ढंगले गुटबन्दी सुरु गरे, प्रकारान्तरले पार्टीलाई भड्खालकोमा लग्नेछ, प्रश्रितले भने, ‘योग्य र अनुभवी नेता छुटने र लाभ हानीका आधामा आउने अयोग्यले पार्टीको भविश्य नै खतरामा पार्नेछन ।’

संसदीय दलका नेता समेत रहेका ओली अध्यक्ष निर्वाचित बनेमा वर्तमान सत्ता गठबन्धन झन् मजबुद बन्ने छ । नेता नेपाल निर्वाचित भएमा काग्रेस नेतृत्वको सरकारको विकल्पमा माओवादी सहितको नयाँ सरकार गठनको संभावना रहेको बताइन्छ ।

यद्यपि नीतिगत रुपमा विबाद नरहेका कारण जुन समूहले जितेपनि राष्ट्रिय राजनीतिलाइ हेर्ने एमाले दृष्टिकोणमा तात्विक फरक पर्नेछैन । ओलीले जितेमा स्वास्थ्य अबस्थाका कारण उपाध्यक्ष वामदेव गौतम सक्रिय हुने एमाले कार्यकर्ताको अनुमान र विश्लेषण छ ।

पराजयको मानसिक तयारी

नवौ महाधिवेसनबाट भावी नेतृत्वमा आउने दावी सहित प्यानल बनाएर मैदानमा उत्रिएका माधवकुमार नेपाल र केपी शर्मा ओली मतगणनासँगै पराजय हुँदाको मानसिक तयारी गर्न थालेका छन् ।

बाहिर जितलाई सुनिश्चित गरेपनि आन्तरिक आकलनमा एकले अर्को पक्षलाई त्यत्तिकै बलियो देखेका कारण आन्तरिक रुपमा पराजय स्वीकारको तयारी गर्न थालेका हुन् । आइतबार नेपाल समुहले त्रिपुरेश्वरको अर्किड होटलमा भेला नै राखेर लामो समिक्षा गरेको छ ।

नेपाल समुहको भेलाले सकेसम्म सयको हाराहारीमा जित हाँसिल गर्ने आँकलन गर्दै त्यसो हुने नसकेपनि सहज रुपमा हार स्वीकार गर्दै पार्टीलाई अझ गतिदिने निस्कर्ष निकालेको छ । भेलामा समुहका नेता अध्यक्षका प्रत्यासी माधवकुमार नेपालले जसले जिते पनि पार्टीकै नेता कार्यकर्ता जित्ने भएकाले केहीगरी पराजित भए स्वीकार गर्ने गरी तयार रहन निर्देशन दिएका थिए ।

सहभागी एक नेताका अनुसार उनले पराजित भएको अवस्थामा पार्टीलाई झन् गति दिनुपर्ने पनि बताएका थिए । नेपाल समुहका नेता भीम रावलले पराजय हुँदा पनि पार्टी संचालनमा लाग्नेगरी आफ्नो समुह पुरै तयारीमा रहेको बताए ।

‘चुनाव भएपछि एउटाको जित र अर्कोको हार स्वभाविक हो’ उनले भने, ‘हामी जित्छौ भन्नेमा हामी विश्वस्थ छौ तर केहीगरी पराजित भए स्वीकार गरेर पार्टीलाई नयाँ गतिदिनेमा हामी तयारी अवस्थामा छौ । ’

ओली समहुले पराजयको तयारीका लागि नेपाल समुह जस्तो भेला नै राखेको छैन । तर, आइतबार साँझ ओली निवासमा भेला भएका केही नेताहरुले पराजयपछिको अवस्थाका विषयमा छलफल गरेका थिए ।


  •  
  •  
  •