काठमाडौं २८ असार (ओएनएस) : एमालेमा नयाँ नेतृत्वका लागि भएको मतदान बिहानमात्रै सकिएको छ । शुक्रबार साँझ बरिव साढे ५ बजे सुरु भएको मतदान शनिबार बिहान ३ बजेपछि मात्रै सकिएको छ । आजै मतगणना सुरु हुने एमाले निर्वाचन आयोगले जनाएको छ । २१ सय ७६ मतदाता मध्ये २१ सय ५४ प्रतिनिधिहरूले मतदान गरेका छन् । २२ प्रतिनीधि मतदानमा गएनन । ममतगणना आजै गर्ने तयारी भएपनि पार्टी कार्यालय बल्खुमा गर्ने वा सभागृहमा भन्ने टुङ्गो लागि सकेको छैन । दशरथरंगशालामा गर्नेसम्भावना बढी छ ।
एमालेको नवौँ महाधिवेशन अन्तर्गत नयाँ कमिटीका लागि वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी ओलीले समूह बनाएर प्रतिस्प्रधामा उत्रिएका थिए ।एमाले महाधिवेशनको नवौं दिन नेतृत्व चयनका लागि रातभर मतदान भएको थियो । राजधानीको भृकुटीमण्डपमा निर्धारित समयभन्दा करिब १० घन्टा ढिला पार्टी अध्यक्ष झलनाथ खनालले मतदान सुरु गरेका थिए। त्यसपछि अध्यक्षका उम्मेदवारद्वय माधवकुमार नेपाल र केपी शर्मा ओलीले क्रमशस् मतदान गरेका थिए।