नेपाल– ओली टक्कर

335
  •  
  •  
  •  

काठमाडौं, २६ असार (ओएनएस) नेकपा एमालेको भावी नेतृत्वसहित शुक्रवार हुने निर्वाचनकालागि वरिष्ठ नेता माधव नेपाल र संसदीय दलका नेता केपी ओलीले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

नेपालको उम्मेदवारीमा नितेशनन्दन मिश्र प्रस्ताव र रामकुमार भट्टराई समर्थक रहेका छन भने ओलीको उम्मेदवारीमा कृष्णगोपाल श्रेष्ठ प्रस्तावक र राजन भट्टराई समर्थक रहेका छन् ।

दुवै पक्षले बिहीवार नै आफ्नो प्यानलसमेत घोषणा गरेका छन् । नेपाल समुहले अध्यक्ष झलनाथ खनाललाई एक उपाध्यक्ष र दुई सचिव दिएको छ । राजधानीको यलम्बर पार्टी प्यालेसमा आयोजित कार्यक्रममा नेपालले आफ्नो प्यानल घोषणा गरेका हुन् ।

नेपाल समुहको प्यानलमा पाँच उपाध्यक्षमा दुई समावेशी र तीन खुल्लातर्फका उम्मेदवार रहेका छन भने ओली समुहमा तीन समावेशी र दुई खुल्लातर्फका उम्मेदवार बनाइएको छ ।
खुल्लातर्फमा नेपाल पक्षबाट युवराज ज्ञवाली, राजेन्द्र पाण्डे र भीम रावल छन भने ओली पक्षबाट वामदेव गौतम र प्रदीप नेपाल उम्मेदवार छन् ।

समावेशीतर्फ नेपालसमुहबाट उम्मेदवारी दिएकी अष्टलक्ष्मी शाक्यलाई ओली समुहबाट विद्या भण्डारीलाई प्रतिश्पर्दीको रुपमा उतारिएको छ । मधेसीबाट नेपाल पक्षका लालबाबु पण्डितलाई ओली पक्षका धर्मनाथप्रसाद साहलाई प्रतिश्पर्दी बनाइएको छ । जनजातितर्फ ओली पक्षले किरण गुरुङलाई उम्मेदवार बनाएको छ ।

महासचिवमा ईश्वर पोखरेल र सुरेन्द्र पाण्डेबीच प्रतिश्पर्दा हुने भएको छ । उपमहासचिवमा नेपाल पक्षबा रघुजी पन्त र घनश्याम भुषाललाई ओली पक्षका विष्णु पौडेल र शंकर पोखरेले प्रतिश्पर्दा गर्नेछन् ।

पाच सचिवमा नेपाल समुहले ४ जनालाई खुल्ला तर्फ उम्मेदवार बनाएको छ भने १ जनालाई जनजाति तर्फबाट उम्मेदवार बनाएको छ । ओली पक्षले तीन जना समावेशी र दुई खुल्लातर्फका उम्मेदवार उठाएको छ । नेपाल पक्षबाट खुल्लामा गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य र बेदुराम भुषाललाई उठाएको छ भने जनजातिपतर्फ परुशराममेघी गुरुङलाई उठाएको छ ।
ओली पक्षबाट खुल्लातर्फ प्रदीप ज्ञवाली, र विष्णु रिमाल रहेका छन् । यसैगरी जनजातिबाट पृथ्वी सुब्बा गुरुङ र केशलवाल श्रेष्ठ र मधेसबाट रघुवीर महासेठ उम्मेदवार छन् ।

मतपत्रमा प्यानल छुट्याउने
महाविधेशनमा नयाँ नेतृत्वको निर्वाचनको लागि अध्यक्षका उम्मेदवार माधवकुमार नेपाल र केपी ओलीको प्यानलका अधकारमा मतपत्र बनाइएको भएको छ ।

एमाले कन्द्रीय आयोगका अध्यक्ष सोमनाथ प्यासी अधिकारीले निर्वाचन प्रक्रियाका बारेमा पत्रकारलाई जानकारी दिँदै प्यानलका आधारमा मतपत्र बनाइने बताएका हुन् ।
उनका अनुसार स्वतन्त्र उम्मेदवारको भने अलग्गै मतपत्र बन्नेछ ।

पदाधिकारीमा भने कुनैपनि स्वतन्त्र उम्मेदवारी परेको छैन् । एमालेमा केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगबाहेक पदाधिकारीसहित १ सय ५९ सदस्यीय केन्द्रीय कमिटी हुनेछ । निर्वाचनलाई वैज्ञानिक तरिकाले सम्पन्न गर्न प्राविधिक रुपमा सहयोगकालागि निर्वाचन आयोगसँग सहयोग लिने निर्णय गरिसकेको छ ।


  •  
  •  
  •