सर्वसम्मत भए आफैं अध्यक्ष : खनाल

163
  •  
  •  
  •  

 

काठमाडौं, ३ असार (ओएनएस) एमाले अध्यक्ष झलनाथ खनालले सर्वसम्मत भए आफू पुन अध्यक्ष बन्ने बताएका छन् ।

आगामी नवौं महाधिवेशनमा वरिष्ठ नेता माधव नेपाल र संसदीय दलका नेता केपी ओलीबीच प्रतिश्पर्धा हुने निश्चित भइसकेपनि अध्यक्ष खनालले सर्वसम्मत भए आफू पुन अध्यक्ष बन्न तयार गरेको बताएका हुन् । नवौं महाधिवशेनका बारेमा जानकारी दिन पार्टी कार्यालय बल्खुमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष खनालले सर्वसम्मतिका लागि प्रयत्न भइरहेको र सहमति भए आफू फेरि पनि अध्यक्ष बन्न तयार रहेको बताएका हुन् ।

उनले आफू नभए जसको नाममा सहमति हुन्छ त्यही अध्यक्ष बन्ने र नभए महाधिवेशनले टुंगो लगाउने बताए । खनालले अध्यक्षका प्रत्यासीद्वय माधवकुमार नेपाल र केपी ओलीलाई संकेत गर्दै गुटगत भेलामा संयमता अपनाउन आग्रह गरे ।

 बिधान संशोधनलाई अन्तिम रुप

यसैबीच आगामी नवौं नवौं महाधिवेशनका लागि अध्यक्ष झलनाथ खनालको संयोजकत्वमा गठित कार्यदलले विधान संशोधन प्रस्तावलाई अन्तिम रुप दिएको छ ।

संशोधित प्रस्तावमा पार्टीमा एकखालको सदस्यता कायम गर्ने र सदस्यता प्राप्त गर्नुपूर्व हरेक आवेदकले तोकिएको परिक्षकाल पूरा गर्नुपर्ने, पार्टी केन्द्रीस्य कमिटीमा १ सय १५ पर्र्ण र ३४ वैकल्पिकसहित १ सय ४९ सदस्य रहने, पार्टी केन्द्रीय कमिटीमा अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमासचिव २ र सचिव ५ जना पदाधिकारी रहने, पार्टी निवर्तमान अध्यक्ष स्वतः बरिष्ठ नेताको मर्यादाक्रममा पार्टी अध्यक्षपछिको स्थानमा रहनेजस्ता व्यवस्थाहरु प्रस्तावित छन् ।

पार्टी केन्द्रीय कमिटीले पारित राजनीतिक प्रतिवेदन, सांगठानिक प्रतिवेदन र विधानको संशोधन प्रस्ताव यसै हप्ता सम्पूर्ण पार्टी सदस्यबीच छलफलका लागि पठाइसक्नेछ । असार १५ गतेभित्र प्रतिवेदनहरु अध्ययन गर्न, बहस वा छलफलमा सरिक हुन तथा संस्थागत र व्यक्तिगत रुपमा सुझाव तयार गरी केन्द्रीय कार्यालयमा पठाउन निर्देशित गरिएको छ ।

महासचिव ईश्वर पोखरेलका अनुसार महाविधेशनमा  पदेन प्रतिनिधिहरु २ सय ५६ जना, अञ्चल समन्वय कमिटीरसम्पर्क विशेष समन्वय कमिटीरभारत प्रवास समन्वय कमिटी १÷१ का दरले १७ जना, केन्द्रीय कार्यालयका सदस्यबाट १ जना,  केन्द्रीय विभागबाट २२ जना, जनसंगठनहरु ५÷५ जनाका दरले ७५ जना, महासंघीय ढाँचाका ७ जनसंगठनहरुबाट १ सय २९ जना, भारत प्रवासबाहेक विभिन्न १७ देशका कमिटी तथा सदस्यहरुबाट २५ जना सहभागी हुने छन् ।

यसैगरी भूगोलको खुला क्षेत्रबाट २०० बराबर एकजनाका दरले प्रतिनिधि चयन गरिनेछन् । शेष संख्या १०० नाघेमा थप एकजना प्रतिनिधि छानिनेछन् । महिला प्रतिनिधिहरुको अनुपात (सम्पर्क विशेष समन्वय कमिटी र भारत प्रवासमा कार्यरत कमिटीमा समेत) १५० बराबर १ हुनेछ । शेष संख्या ७५ नाघेमा १ जना थप छानिनेछन् । मजदुर प्रतिनिधित्वको अनुपात १५० बराबर १ हुनेछ । शेष संख्या ७५ नाघेमा थप १ जना प्रतिनिधि हुनेछन् ।

दलित प्रतिनिधित्वको अनुपात १०० बराबर १ हुनेछ । शेष संख्या ५० नाघेमा थप एक प्रतिनिधि हुनेछन् । पिछडिएको क्षेत्र कर्णाली अञ्चलका ५ जिल्ला तथा जाजरकोट, बाजुरा, बझाङ र अछाममा प्रतिनिधित्वको छनोट १५० बराबर १ जना हुनेछ । शेष संख्या ७५ नाघेमा १ जना थप प्रतिनिधि सहभागी बन्ने महासचिव पोखरेलले जानकारी दिए ।

महाधिवेशनस्थल पूर्ण रुपमा डिजिटल प्रबिधिबाट 

uml
uml

एमाले महाधिवेसनमा नेतृत्व चयन मात्रै होइन सबै कुरा विद्युतीय प्रक्रियाबाटै हुनेछ । इञ्जिनियर दाजुभाइ राम लक्ष्मणले संसदीय दलको निर्वाचन र एमाले कास्कीको निर्वाचनमा प्रयोगमा ल्याइसकेको विद्युतीय मेसिनबाट मतदान गर्नेछन् । निर्वाचनमा ६० वटा मेसिन प्रयोग हुनेछन् । नवौं महाधिवेशनमा भात खाने कुपनदेखि शौचालय जाने बाटो समेत डिजिटल प्रणालीबाट निर्माण गरेको छ । पत्रकार सम्मेलनमा एमाले सचिव विष्णु रिमालले एमालेको महाधिवेशनस्थल पूर्ण रुपमा डिजिटल प्रबिधिबाट सुसज्जित हुने बताए । महाधिवेसन स्थलको ग्राफ देखाउँदै उनले सकेसम्म कहिँ पनि हाते प्रबिधि प्रयोग नहुने दावी गरे ।


  •  
  •  
  •