एमालेको महाधिवेसनमा नर्वाचन प्रक्रिया सुरु, आज मनोनयन, भोलि मतदान

121
  •  
  •  
  •  

काठमाडौं २६ असार (ओएनएस) :  नेकपा एमालेको महाधिवेसनमा नेतृत्व चयनका लागि अहिले बिहानबाट निर्वाचन प्रक्रिया सुरु हुँदैछ । निर्वाचन प्रक्रियाका लागि राष्ट्रिय सभागृहमा सचिवालय स्थापना गरी निर्वाचन आयोगले प्रक्रिया सुरु गरेको छ । बिहान मतदाता नामावली प्रकाशित भइसकेको छ ।

आयोगले मतदाता नामावलीमाथिको दाबी विरोधका लागि दुई घन्टा समय छुट्ट्याएको छ । बिहान १० बजेबाट उम्मेदवारी मनोनयन प्रक्रिया अघि बढाउने एमाले निर्वाचन आयोगको तयारी रहेको छ । आज साँझसम्म अन्तिम नामावली प्रकाशा गरिएपछि मतदान भने भोलि हुने एमाले नेता यागेश भट्टराईले ओएनएसलाई जानकारी दिए ।

आयोगले शुक्रबार बिहान ८ बजेबाट नयाँ नेतृत्व चयनका लागि मतदान सुरु गर्ने तयारी गरेको छ । १५ पदाधिकारीसहित १ सय ५९ केन्द्रीय नेताका लागि ६ सयभन्दा बढीको उम्मेदवारी पर्ने देखिएको छ । विभानको टुङगो हिजो लागेकाले मतपत्र छापाई पनि आजै हुनेछ ।

निर्वाचन आयोगले नेतृत्व चयनका लागि छुट्टै मतदाता परिचयपत्रसमेत बाँड्ने जनाएको छ। महाधिवेशन प्रतिनिधिका लागि अहिले वितरण भएका परिचयपत्रको डुब्लिकेसन भएको गुनासो आएपछि अध्यक्ष झलनाथ खनालको हस्ताक्षरसहितको अर्को परिचयपत्र वितरण गर्ने तयारी छ।

गुटगत सूचीलाई अन्तिम रुप दिइदै

आजबाट निवोचन प्रक्रिया सुरु हुनेभएपछि अध्यक्षका प्रत्यासी माधवकुमार नेपाल र केपी शर्मा ओली पदाधिकारीमा लड्ने अन्तिम सूची बनाउँदैछन् । पहिलो चरणमा पदाधिकारीको सूची बनाएपछि मात्रै केन्द्रीय नेताहरुको सूची तयार हुनेछ । पदाधिकारीमा मोटामोटी सूची भने दुइटै गुटको तयार भएको छ ।

नेपाल गुटबाट को

नेपाल गुटबाट अध्यक्ष माधवकुमार नेपाल, महासचिव सुरेन्द्र पाण्डे, उपाध्यक्षमा खुलातर्फ युवराज ज्ञवाली र भीम रावल, महिलातर्फ अष्टलक्ष्मी शाक्य, मधेसीमा लालबाबु पण्डित र जनजातिमा पर्शुराम मेघी गुरुङको नाम तय भएको छ।  यसैगरी, उपमहासचिवमा रघु पन्त र घनश्याम भुसाललाई सचिवमा गोकर्ण विष्ट र भीम आचार्यको टुंगो लागेको स्रोतले जनाएको छ। बाँकी तीन सचिवमा योगेश भट्टराई, प्रकाश ज्वाला, राजेन्द्र पाण्डे, पशुपति चौलागार्इं, श्रीमाया थकाली, रामचन्द्र यादव र बेदुराम भुसालमध्ये एक छानिनेछन्।

नेपाल गुटले आज नल घोषणा गर्ने कार्यक्रम छ। प्यानल घोषणा पदाधिकारीको मात्रै हुने नेता यागेश भट्टराईले जानकारी दिए ।

ओलीबाट को

ओली समूह पनि पदाधिकारीका विषयमा मोटामोटी सहमति भइसकेको जनाएको छ । प्रवक्ता प्रदीप ज्ञवालीले धरै पदाधिकारी पुरानै भएकाले केही नाममा मात्रै टुङ्गो लाग्न बाँकी रहेको बताए । ओली समुहबाट खुला तर्फ उपाध्यक्षमा वामदेव गौतमको टुङ्गो लागेपनि अर्को एकजनाका विषयमा सहमति भइसकेको छैन । मुकुन्द न्यौपाने वा प्रदीप नेपालमध्ये एकजनाका विषयमा सहमतिको प्रयास भइरहेको छ ।

महिलातर्फ विद्या भण्डारी र पाध्यक्षमा मधेसीतर्फ धर्मनाथप्रसाद साह र जनजातितर्फ किरण गुरुङलाई उठाउने सहमति भइसकेको छ । महासचिवमा ईश्वर पोखरेललाई उठाउने घोषणा यसअद्धिघनै ओली समुहले गरिसकेको छ। उपमहासचिवमा विष्णु पौडेल र शंकर पोखरेल उठ्नेछन्। सचिवमा विष्णु रिमाल, प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, रघुवीर महासेठको नाममा सहमति भएको छ । छविलाल विश्वकर्मा वा केशवलाल श्रेष्ठमध्ये अर्को एकजनामा सहमति भइसकेको छैन ।

केन्द्रीय सदस्यमा भने दुइटैले सूची बनाउन सकेका छैनन । आकाक्षीहरु ६ सयको हाराहारीमा रहेकाले सूची बनाउन कठिन रहेको नेताहरुले बताएका छन् ।


  •  
  •  
  •