समावेसी विधान पारित, केन्द्रीय कमिटी १५९ सदस्यीय

208
  •  
  •  
  •  

काठमाडौं, २५ असार (ओएनएस) एमालेको जारी नवौं महाविधेशनले पार्टीलाई सामवेशी बनाउने गरी विधान पारित गरेको छ । समावेशी उपाध्यक्ष र सचिव थप गर्दै विधान पारित गरिएको प्रति दलित अधिकार सुनिश्चित नभएको भन्दै दलित प्रतिनिधिले भने विरोध गरेका छन् । बन्दसत्रले नयाँ विधान पारित गरेसँगै एमालेको केन्द्रीय समिति १ सय ५९ सदस्यीय हुने भएको छ । ती मध्ये पदाधिकारी १५ सदस्यीय हुनेछ ।
पदाधिकारीको संख्या बढाउन नहुने भनेर विरोध गरिरहेको केपी ओली पक्षलाई सहमतिमा ल्याउन उपाध्यक्ष र सचिव समावेशी बनाउने सहमति भएको छ । जसअनुसार एक जना अध्यक्ष, पाँच उपाध्यक्ष, पाँच सचिव, दुई उपमहासचिव र एक महासचिव हुनेछन् । पाँच उपाध्यक्षमा तीन जना समावेश (महिला, जनजाति र मधेसी) रहनेछन् ।

पारित विधानमा उमेर हदसमेत तोकिएको छ । जहाँ ७० वर्षमाथिका नेतालाई लेबी छुट गरिएको छ । निर्वतमान अध्यक्षलाई वरियतामा बरिष्ठ नेताको हैसियतमा दोस्रो स्थानमा राखिएको छ । पारित विधान अनुसार मधेसी, दलित, मुश्लिम, महिला, अल्पसंख्यकको हकमा संगठित सदस्य भएको १० वर्ष १५ वर्ष पार्टीमा सक्रिय सदस्य भएर काम गरेपछि मात्र केन्द्रीय कमिटीको सदस्य हुने पाइनेछ ।

। पदाधिकारी सहित कुल १ सय ५९ सदस्यीय केन्द्रीय कमिटीमा महिलालाई २२ केन्द्रीय सदस्य आरक्षण गरिएको छ । जसमा १५ पुर्ण र ७ बैकल्पिक हुनेछन् । यसैगरी आदिवासी जनजातितर्फ १० पुर्ण र ४ बैकल्पिकसहित १४ जनालाई आरक्षण गरिएको छ । मधेसीलाई ६ पुर्ण र ४ वैकल्पिकसहित १० तथा दलितलाई ४ पुर्ण र ३ बैकल्पिक केन्द्रीय सदस्यलाई आरक्षणको व्यवस्था गरिएको छ । मश्लिमलाई दुई र पिछडिएको क्षेत्रलाई दुई केन्द्रीय सदस्य आरक्षण गरिएको छ । एमालेको संशोधित विधान अनुसार ४६ जना केन्द्रीय सदस्य खुलातर्फबाट निर्वाचित हुनेछन भने ९ जना बैकल्पिक हुनेछन् । यसैगरी उपत्यकासहित १५ अंचलवाट खुल्ला १५ र बैकल्पिक १५ गरी ३० सदस्य निर्वाचित हुनेछन् । श्रमिक तथा पेशागत क्षेत्रबाट चार पुर्ण र चार बैकल्पिक केन्द्रीय सदस्यका लागि आरक्षण गरिएको छ ।

निर्वाचनको चटारो

एमालेको जारी नवौं महाधिवेशनको बन्दसत्रले विधान पारित गरेसँगै निर्वाचनको चटारो सुरु भएको छ । अध्यक्षका प्रत्यासीद्वय माधवकुमार नेपाल र केपी ओलीले आफ्नो जित सुनिश्चित भएको दाबी गरे पनि दुवैपक्ष आफ्नो पक्षमा प्रतिनिधि तान्ने प्रयासमा छन् । तर दुवै पक्षले प्यानल भने घोषणा गरेका छैनन् । ‘हामी प्यानल घोषणा नगर्ने स्थितिमा पुग्यौं, ओली निकट एक नेताले ओएनएससँग भने,‘प्यानल घोषणा गर्दा अर्को पक्षले थप प्रलोभनमा पार्ने सम्भावना बढेर गयो, त्यस कारण प्यानल घोषणा हुन्न ।’ औपचारी घोषण नगरेपनि उम्मेद्वारी दर्ताका समयमा भने अध्यक्षदेखि सदसयसम्मको पुरै सेटको उम्मेदवारी भने दर्ता गरिनेछ । नेपाल पक्षले भने बिहीबार उम्मेदवारी घोषणा गर्नेछ । पदाधिरकारीको प्यानल घोषणा गरेपनि केन्द्रीय सदस्य सहितको नामावली उम्मेदवारी दर्ताका क्रममा बाहिर ल्याइनेछ । केन्द्रीय सदस्यका आकांक्षी धेरै भएकाले घोषणा गर्दा समस्या पर्ने नेपाल पक्षको पनि आकलन रहेको छ । यसपटकको महाविधेशनमा दुवै पक्षबाट अधिकांश युवाले उम्मेदवारी दिएका छन् । ‘१ सय ५१ सदस्यीय केन्द्रीय कमिटीमा दुवै पक्षबाट ६ सयभन्दा बढीले उम्मेदवारी घोषणा गरेका छन, नेपालपक्षबाट सचिवका दाबेदार रहेको नेता पशुपति चौलागाईँले भने । उनका अनुसार बिहीवारबाट चुनावी प्रक्रिया सुरु हुनेछ ।

चुनाव गर्न निर्वाचन आयोग

एमाले नेता सोमनाथ प्यासीको नेतृत्वमा रहेका पार्टीको आन्तरिक निर्वाचन आयोगका केही पदाधिकारीहरु गुटमा लागेर आफैं चुनाव लड्ने भएपछि एमालेले निर्वाचन आयोगको सहयोग मागेको छ ।


  •  
  •  
  •