सहमति भएको विधान बन्दसत्रमा पेश हुन सकेन

147
  •  
  •  
  •  

काठमाडौं, २५ असार (ओएनएस) स्थायी समितिले सहमति गरेको एमालेको प्रस्तावित विधान विवादका कारण बन्दसत्रमा पेश हुन सकेको छैन् ।

प्रस्तावित विधानको विरोध गर्दै आएको केपी ओली पक्षलाई मनाउन पाँच उपाध्यक्ष मध्ये तीन जनालाई समावेशी बनाउने तयार भएको नेपाल पक्षकै नेताको विरोधका कारण विधान बन्दसत्रमा पेश हुन नसकेको हो ।

एमालेमा अध्यक्षका प्रत्यासी माधव नेपाल प्रस्तावित विधान जस्ताको त्यस्तै पारित गर्नुपर्ने पक्षमा छन भने केपी ओली उक्त विधानको विपक्षमा रहेका छन् ।

ओली पक्षले विधान कुनै पनि हालतमा संशोधन हुन नदिने अडान लिएपछि नेपाल पक्षले पाँच उपाध्यक्ष मध्ये तीन जना समावेश बनाउने प्रस्ताव गरेका थिए ।

जस अनुसार एक जना महिला, आदिवासी र जनजातिमध्येबाट एक एक जना उपाध्यक्ष हुने प्रस्ताव नेपाल पक्षले राखेपछि ओली पक्ष प्रस्तावित विधान पारित गर्न सहमत भएको थियो ।
ओली पक्ष सहमत भएपनि नेपाल पक्षधर नेता भीम रावलले तीन जना उपाध्यक्ष समावेशी बनाउने कुराको विरोध गरेपछि विधान बन्दसत्रमा सुरु हुन नसकेको हो ।

रावलले १५ जना पदाधिकारीमध्ये सबै समावेशी हुनुपर्ने अन्यथा तीन जना उपाध्यक्षमात्र समावेशी हुन नहुने अडान राखेका छन् । रावलको उक्त अडानसँगै एमालेको महाधिवेशन लम्बिने संभावना बढेको छ ।

एमालेले प्रस्तावित विधानमा तीन जना उपाध्यक्षलाई समावेशी बनाउँदै प्रस्तावित विधानलाई स्थायी समिति बैठकले सहमति गरेको छ ।

ओली पक्षको चर्को विधारका बाबजुत विधान पारित भएको हो । प्रस्तावित विधानमा उपाध्यक्षमा थप दुई जनामध्ये एक महिला, जनजाति र मधेसी गरी तीन उपाध्यक्ष समावेशी बनाउ स्थायी समितिले सहमति गरेको छ ।

एमालेले प्रस्तावित विधानमा पाँच उपाध्यक्ष, दुई उपमहासचिव, पाँच सचिव र एक महासचिसहित १५ सदस्यीय पदाधिकारीको प्रस्ताव गरिएको छ । बिधान संधोशन गर्ने विषयमा सहमति जुट्न नसक्दा एमालेको बन्दसत्र केही समयसम्म स्थगित भएको थियो


  •  
  •  
  •