मेरो विचारमा पार्टी एकताबद्ध : नेपाल

89
  •  
  •  
  •  

काठमाडौं, २४ असार (ओएनएस) एमालेका अध्यक्षका प्रत्यासी माधव नेपालले आफूले लिएको विचारमा पार्टी एकताबद्ध भएको बताएका छन् ।

मंगलवार महाधिवेशनस्थल भृकृटी मण्डपमा पत्रकार सम्मेलन गरी नेता नेपालले आफ्नो विचारलाई महाधिवेशनको बन्दसत्रले पारित गरेको उल्लेख गर्दै आफ्नो विचारमा पार्टी एकताबद्ध भएको बताएका हुन् ।
महाधिवेशनले अध्यक्ष झलनाथ खनालको राजनीतिक प्रतिवेदन पारित गरेपछि नेपालले आफ्नो विचारमा पार्टी एकताबद्ध भएको बताएका हुन् । उनले अध्यक्ष खनाल र आफ्नो विचार एउटै भएको दाबी गर्दै नवौं महाविधेशनमा आफ्नो पक्षको आरायदायि जित हुने दाबी गरे ।

उनले अब नेतृत्व हस्तान्तर नभएर पुस्तान्तरण गर्नुपर्नेमा जोड दिए ।


  •  
  •  
  •