नेतृत्व पुस्तान्तरणको पक्षमा खनाल

234
  •  
  •  
  •  

काठमाडौं, २४ असार (ओएनएस) एमालेको जारी नवौं महाविधेशनमा अध्यक्ष झलनाथ खनालको राजनीतिक प्रतिवेदन पारित भएको छ । बन्दसत्रले अध्यक्षको प्रतिवेदन सुझावसहित पारित गरेको हो ।

दस्तावेजमाथि १९ वटा समुहमा दुईदिनसम्म भएको छलफलपछि प्रतिनिधिहरुबाट आएका राम्रा सुझावलाई सम्बोधन गर्दै दस्तावेज पुर्नलेखन गरिने बताए ।

यसैबीच अध्यक्ष खनालले पार्टीमा गुटबन्दी हावी भएको बताएका छन् । अध्यक्ष खनालले बन्दसत्रलाई सम्बोधन गर्दै अस्वस्थ प्रतिश्पर्दामा उत्रिन नेताहरुलाई सुझाव समेत दिएका छन् ।

‘म तेस्रो पुस्तालाई नेतृत्व पुस्तान्तरणकोे पक्षमा छु, उनले भने,‘अब नेतृत्व दोस्रो पुस्ताबाट तेस्रो जानुपर्छ ।’ उनले एमालेमा नेतृत्व पुस्तान्तरण हुँदै आएको भन्दै यो क्रमले निरन्तरता पाउनुपर्ने बताए । महाविधेशनबाट नेतृत्व चयन गर्ने जिम्मा महाधिवेशन प्रतिनिधिलाई दिएको उल्लेख गर्दै गरे ।


  •  
  •  
  •