एमालेमा नीतिगत बहस आजदेखि सुरु

120
  •  
  •  
  •  

काठमाडौं २३ असार (ओएनएस) :
नेकपा एमालेकोे नवौंँ राष्ट्रिय महाधिवेशनमा आजदेखि नीतिगत विषयमा छलफल हुने भएको छ । बन्द्यसत्रमा पेस गरिएका प्रतिवेदनमाथि प्रतिनीधिहरुले समुहमार्फत आज छलफल गर्नेछन् । छलफलकालागि १९ वटा समुह बनाइउका छन् । दुईवटा समुहको टोली नेता भने विवादका कारण चयन भएको छैन । हिजो विभाजन गरिएका समुहमा बन्दसत्रमा पेश भएका प्रतिवेदनमाथि आजबाट छलफल हुनेछ । १९ समुहमध्ये बाँकी रहेका दुई समुहको टोली नेता चयनपछि छलफल सुरु हुने प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार बिहान ९ बजेपछि बन्दसत्र सुरु गर्ने कार्यतालिका रहेका छ । हिजो चयन समुहले अध्यक्ष झलनाथ खनालको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको सङ्गठनात्मक प्रतिवेदन, सचिव युवराज ज्ञवालीको विधान संशोधन प्रतिवेदन र केन्द्रीय निकायका अध्यक्षले पेस गरेका प्रतिवेदनमाथि छलफल गर्नेछ । छलफलका लागि विभाजन गरिएका समूहको टोली नेता चयनमा हिजो निवार्चन भएको थियो । नौ समूहमा सर्वसम्मति, आठमा निर्वाचन तथा दुई अञ्चलमा अभैm विवाद कायम छ ।

केही टोलीमा विवादका कारण दुई जनालाई टोली नेता बनाइएको छ । दुई अञ्चलमा निर्वाचन या सहमति कसरी के गर्ने भन्नेमा विवाद भएपछि सगरमाथामा यज्ञराज सुनुवार र सुमन प्याकुरेल, भेरीमा विष्णु रिजाल र यामलाल कँडेलको नाम प्रस्तुत भएको छ । ती दुई अञ्चलमा निर्वाचन गरेर चयन गर्न अध्यक्षमण्डलले निर्र्देशन दिएको छ । महाधिवेशनबाट नयाँ कार्यसमिति चयन गर्न गरिने भनिएको विद्युतीय मतदानका बारेमा विवाद कायमै छ ।


  •  
  •  
  •