‘फर्जी कार्ड’ भेटिएपछि तनाव

269
  •  
  •  
  •  

काठमाडौं, २२ असार (ओएनएस) । काठमाडौमा जारी नेकपा एमालेको नवौ महाधिवेशनमा बन्दसत्र चलिरहँदा गैरप्रतिनिधि ‘फर्जि’ परिचय पत्र भिरेर बन्दसत्र हलमा प्रवेश गरेको फेला परेपछि बबाल भएको छ ।

महाधिवेशन प्रतिनिधिलाइ वितरण गरिएको परिचय पत्र भेटिएको छ । अध्यक्ष झलनाथ खनालको हस्ताक्षर नभएका कार्ड भिरेका प्रतिनिधि महाधिवेशन स्थलमा फेला परेपछि विबाद बढेको हो ।

गैरप्रतिनिधिसमेत महाधिवेशन स्थलमा फेला परेपछि छानविन भइरहेको नेता आनन्द पोखरेलले जानकारी दिए । नक्कली हस्ताक्षर भएका फर्जी कार्डबारे छानविन भइरहेको उल्लेख गर्दै फर्जिको प्रमाणित भए यसअघि वितरण गरिएका सबै परिचय पत्र फिर्ता गरी पुनः वितरण गरिने पोखरेलले जानकारी दिए ।

एमालेको ‘हाइटेक’ महाधिवेशनमा प्रतिनिधिलाई ‘मेसिन रिडेवल’ परिचय पत्र वितरण गरिएको थियो । महाधिवेशन आयोजक समितिले परिचयपत्र वितरणको जिम्मा पोलिटव्युरो सदस्य अष्टलक्षी शाक्यलाई दिएको थियो ।


  •  
  •  
  •