बन्दसत्र शनिबार बिहान सम्मका लागि स्थगित, खनालको प्रतिवेदन पेस

182
  •  
  •  
  •  

काठमाडौैं, २० असार (ओएनएस)

नेकपा (एमाले) को नवौंँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र शनिवार विहान नौं बजेसम्मकालागि स्थगित भएको छ ।

निर्धारित समयभन्दा तीन घण्टा ढिलो गरी सुरु भएको बन्दसत्रमा दुई पक्षबीच विवाद बढेपछि आचार संहिता जारी गरेर शनिवार विहानसम्मकालागि स्थगित भएको हो । 

बन्दसत्रमा १३ सदस्यीय अध्यक्षमण्डल, स्टेरिङ कमिटी तथा सात सदस्यीय बहस नोट कमिटी गठन भएको छ । निर्धारित समयभन्दा झण्डै ३ घण्टा ढिला सुरु भएको बन्दसत्रमा अध्यक्ष झलनाथ खनालको राजनीतिक प्रतिवेदन पेस भएको छ ।

नेकपा एमाले नवौ महाधिवेसनको एमाले अध्यक्ष झलनाथ खनालको १ सय २४ पृष्ठको राजनीतिक प्रतिवेदन पेस भएको छ । एमालेमा खनालको राजनीतिक प्रतिवेदनमा संस्थापन र नेता केपी शर्मा ओली समूहको सैद्धान्तिक सहमति छ ।

तर, नीतिगत छलफलमा प्रवेश नगर्दै नेतृत्वको विवादले अवरुद्ध समेत भएको छ ।

दोस्रो चरणमा नीतिगत प्रस्ताव पेश गर्ने तयारी भइरहँदा माधवकुमार नेपाल पक्षका नेताहरुले वितरण गरेको कितावका विषयमा आपत्ति जनाउँदै केपी शर्मा ओली पक्षले महाधिवेसन अवरुद्ध गरेको थियो ।

मदण्ड भण्डारी फाउन्डसेनले प्रकासित गरेको हाम्रो धारणा पुस्तकमा ओलीको स्वास्थ्यसँग जोडेर नेतृत्वको कुरा उठाएको भन्दै ओली पक्षले किताव च्यातेर बन्दसत्र अवरुद्ध गरेका हुन् ।

विवाद मिलपछि भोलिसम्मका लागि बन्दसत्र भोलिसम्मका लागि स्थगित भएको एमाले नेता रघुजी पन्तले जानकारी दिए ।

शनिबार बिहान ९ बजेबाट बन्दसत्र सुरु हुनेछ । बन्दसत्र सञ्चालनका लागि १३ सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ । अध्यक्ष मण्डल गठनसँगै केन्द्रीय कमिटी भंग भएको छ ।

अध्यक्ष मण्डलमा विद्यादेवी भण्डारी, ईश्वर पोखरेल, युवराज ज्ञवाली, भरतमोहन अधिकारी, मुकुन्द न्यौपाने, छविलाल विश्वकर्मा, धर्मनाथ साह, किरण गुरुङ, भोजराज जोशी, भीम रावल, नागेन्द्र चौधरी, राजेन्द्र पाण्डे र अष्टलक्ष्मी शाक्यलाई स्थायी कमिटीले प्रस्ताव गरेको थियो ।

उक्त प्रस्तावलाई बन्दसत्रमा अध्यक्ष झलनाथ खनालले प्रस्तुत गरेका थिए ।

यसैगरी स्टेरिङ कमिटीमा विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली, रघुवीर महासेठ, विष्णु रिमाल, अग्नि खरेल, विन्दा पाण्डे, केशवलाल श्रेष्ठ, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, रघुजी पन्त, डा. विजय पौडेल र वेदुराम भुसाल रहेका छन् । यसैगरी, सात सदस्यीय माइन्युट लेखन कमिटी समेत गठन गरिएको छ ।

बन्दसत्रलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले नेपाली काग्रेससंग सहकार्य र प्रतिष्पर्धा दुबै जारी रहने बताएका छन् ।

नवौ महाधिवेशनको बन्द शत्र सुरु हुनुपूर्व महाधिवेशन प्रतिनिधिलाइ संवोधन गर्दै अध्यक्ष खनालले एमालेको मुख्य प्रतिष्पर्धा काग्रेससंग हुने बताएका हुन् । काग्रेसलाई बुर्जुवा राजनीतिक शक्तिको संज्ञा दिदै उनले मुख्य प्रतिष्पर्धा भने उसैसंग रहेको बताए ।

उग्रबामपन्थी भड्काव बिरुद्ध नेकपा एमालेले चलाएको बैचारिक बहसका कारण अघिल्लो पटकको निर्वाचनको तुलनामा एमालेले ठूलो परिवर्तन गरेको खनालले् बताए ।

‘आठौ महाधिवेशको समयमा एमालेका कार्यकर्ता १ लाखख ३८ हजार थिए, अहिले २ लाख ६० हजार पुगेको छ, खनालले भने, यो गुणात्मक फडको कम्युनिष्ट पार्टी प्रतिको रुचीका कारण संभाव भएको हो ।’

गत निर्वाचनमा १५ स्थानमा ५ सय भन्दा क मभोटले चुनाव हारेको स्मरण गर्दै खनालले केही मेहनत गरे आर्को चुनावमा एमाले पहिलो दल बन्ने दाबी गरे । अध्यक्ष खनालले पुनरोत्थानवादीले टाउको उठाउने कोशिष गरिरहेको भन्दै त्यस बिरुद्ध खबरदारी गर्नुपर्ने बताए ।

‘दक्षिणपन्थी शक्ति चौथो शक्तिको रुपमा उदाउनु सकारात्मक संकेत होइन, खनालले भने, उनिहरु बिरुद्ध खवरदारी गरिहुन पर्छ ।’

बन्दसत्र अगाडि मनोनीत हुने एकसय ११ प्रतिनिधिबारे स्थायी समितिले निर्णय गर्न सकेको छैन । बन्दसत्रमा अध्यक्षका हैसियतले सम्वोधन गर्दै अध्यक्ष झलनाथ खनालले कुनैपनि नेताका पक्षमा हुटिङ नगर्न निर्देशन दिए । खनालले एमालेको आन्तरिक लोकतन्त्र र अनुशासनमा एक इन्च पनि तलमाथि हुन नदिन निर्देशन दिए । महासचिव ईश्वर पोखरेलले उदघाटन सत्रमा भएको तोडफोड र आगजनीप्रति खेद व्यक्त गर्दै झण्डा जलाउनेलाई कारवाही गरिने बताए ।
महाधिवेशनको बन्दसत्रमा र तनाव उत्पन्न भएपछि  १६ बु“दे आचारसंहिता जारी गरिएको छ । आचारसंहिता जारी भएपछि अवरुद्ध महाधिवेशन सुचारु भएको थियो ।

आचारसंहिता जस्ताको त्यस्तै

१. सम्पूर्ण प्रतिनिधि कमरेडहरू बन्द सत्रमा अनुशासित र मर्यादितरूपमा सहभागी हुनुपर्नेछ ।
२. सबै प्रतिनिधि कमरेडहरूले बन्दसत्रका सम्पूर्ण काम– कार्बाहीलाई सफल पार्न भूमिका खेल्नु पर्नेछ । तोकिएको समयभित्रै अधिवेशन कक्षमा प्रवेश गर्ने र कार्यक्रम सकिएपछि मात्रै अधिवेशन स्थलबाट बाहिरिनु पर्नेछ ।
३. अधिवेशन चलिरहेको बेला होहल्ला गर्ने, कानेखुसी गर्ने, समूह–समूह भएर कुराकानी गर्ने र अधिवेशनको काम कार्बाहीलाई बाधा अवरोध गर्ने काम गर्नु हुँदैन ।
४. अधिवेशनमा कुनै पनि नेता कमरेडहरूको पक्ष या विपक्षमा हल्ला गर्ने, हुटिङ गर्ने, नाराबाजी गर्ने काम गर्नु हुँदैन ।
५. अध्यक्ष मण्डलको अनुमति नलिइकन कुनै पनि सामग्री, पुस्तक, पर्चा या पत्रिका सभाकक्ष र सभाकक्षको परिशरमा बाँड्न पाइने छैन । बाँडिएको भेटिएमा त्यस्तो सामग्री जफत हुनेछ ।
६. अध्यक्ष मण्डलको अनुमति नलिइकन हल बाहिर जान पाइने छैन ।
७. बन्दसत्र चलिरहेको बेला मोबाइललाई स्वीच अफ या साइलेन्ट मोडमा राख्नुपर्ने छ । बन्दसत्र चलिरहेको बेला मोबाइलमा कुरा गर्न पाइने छैन ।
८. बन्दसत्रभित्र धुमपान, मद्यपान या सूर्तीजन्य पदार्थहरूको प्रयोग गर्न पाइने छैन ।
९. सबै प्रतिनिधिहरूले प्रतिनिधि कार्ड देखिने गरी लगाउनु पर्नेछ । सुरक्षाकर्मी र स्वयंसेवकहरूलाई आवश्यक सहयोग पु¥याउनु पर्नेछ ।
१०. सभाकक्षमा प्रतिनिधि तथा तोकिएका स्वयंसेवकहरु बाहेक अरुले प्रवेश गर्नपाउने छैनन् । यस बाहेकका अनाधिकृत व्यक्तिहरुले प्रवेश गरेको भेटिएमा सभाकक्षबाट निष्काशित गरिने छ ।
११. कुनै पनि प्रतिनिधिले वातावरणलाई अनावश्यक रूपले उत्तेजित बनाउने र बन्द सत्रलाई असहज बनाउने काम गर्नपाइने छैन ।
१२.सबै प्रतिनिधिहरूले भोली असार २१ गते विहानसम्म स्थायी प्रतिनिधि कार्ड बनाइसक्नु पर्नेछ । भोलिदेखि अस्थायी कार्ड रद्द गरिएको छ । अस्थाई कार्डको आधारमा सभाकक्षमा प्रवेश गर्नदिइने छैन । प्रतिनिधि नभएका उपसमितिका सदस्यहरूले बन्द सत्रको सभाकक्ष भित्र प्रवेश गर्नपाइने छैन ।
१३. प्रतिनिधिहरुले आफ्नो कुरा अध्यक्षमण्डलको अनुमतिले पालैपालो मात्र राख्न पाइने छ । त्यसरी आफ्नो कुरा अध्यक्ष मण्डलले तोकेको समयभित्र राख्नुपर्ने छ । एक समयमा एकजनाले मर्यादित रुपमा आफ्नो कुरा राख्नुपर्ने छ । कुरा राख्दा कुनै जाति, भाषा, धर्म, लिंग, समुदाय र क्षेत्र तथा व्यक्ति प्रति अमर्यादित भाषा प्रयोग गर्नपाइने छ्रैन ।
१४. संचालन प्रक्रियाको सम्बन्धमा अध्यक्ष मण्डलको निर्णय अन्तिम हुनेछ ।
१५. नवौं राष्ट्यि महाधिवेशनको सुसंचालन र सुव्यवस्था कायम राख्नु सबै प्रतिनिधिहरुको कर्तब्य हुनेछ ।
१६. स्वयंसेवकहरुले अध्यक्ष मण्डलको निर्देशन अनुसार काम गर्नुपर्ने छ ।

महाधिवेशनमा तनाव

एमाले युवा नेता राजेन्द्र राईले लेखेको लेखप्रति विरोध जनाउँदै नेता केपी शर्मा ओली समूहले महाधिवेशनमा नाराबाजी गरेका थिए ।

कितावको अंशमा केपी ओलीको स्वास्थ्य विग्रीएकाले अध्यक्ष बनाउन हुन्न भन्ने लेखिएको छ ।

माधव नेपाल पक्षले बन्दसत्रको हलभित्र केपी ओली विरुद्ध बुकलेट वितरण गरेको भन्दै ओली पक्षधर महाधिवेशन प्रतिनिधिहरुले बन्दसत्र संचालनमा अवरोध सिर्जना गरेका थिए ।

महाधिवेशन प्रतिनिधिहरुलाई मदन भण्डारी अध्ययन केन्द्रको नामबाट प्रकाशित बुकलेट वितरण गरिएको थियो ।

सो बुकलेटभित्र ओलीको स्वास्थ्यलाई लिएर नकारात्मक कुराहरु राखिएको भन्दै ओली पक्षधर प्रतिनिधिले विरोध जनाएका थिए ।

योगेश भट्टराई अध्यक्ष रहेको अध्ययन केन्द्रले बाँडेको बुकलेटमा ओलीको स्वास्थ्य कमजोर रहेकोले पार्टी संचालन गर्न नसक्ने आशयको लेख राखिएको र प्रतिनिधिलाई बाँडेर महाधिवेशन प्रभावित पार्न खोजिएको आरोप ओली पक्षले लगाएको छ ।

केही प्रतिनिधिहरुले अध्यक्ष मण्डलको अगाडि गएर यो बुकलेटि फिर्ता लिई नेपाल पक्षले माफी माग्नुपर्ने माग गरेका थिए ।

महाधिवेशनमा एमालेका वरिष्ठ नेता माधव नेपाल र संसदीय दलका नेता केपी ओली चुनावी मैदानमा छन् ।


  •  
  •  
  •