कठमाडौं, २० असार (ओएनएस) नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले नेपाली काग्रेससंग सहकार्य र प्रतिष्पर्धा दुबै जारी रहने बताएका छन् ।
नवौ महाधिवेशनको बन्द शत्र सुरु हुनुपूर्व महाधिवेशन प्रतिनिधिलाइ संवोधन गर्दै अध्यक्ष खनालले एमालेको मुख्य प्रतिष्पर्धा काग्रेससंग हुने बताएका हुन् । काग्रेसलाई बुर्जुवा राजनीतिक शक्तिको संज्ञा दिदै उनले मुख्य प्रतिष्पर्धा भने उसैसंग रहेको बताए ।
उग्रबामपन्थी भड्काव बिरुद्ध नेकपा एमालेले चलाएको बैचारिक बहसका कारण अघिल्लो पटकको निर्वाचनको तुलनामा एमालेले ठूलो परिवर्तन गरेको खनालले् बताए ।
‘आठौ महाधिवेशको समयमा एमालेका कार्यकर्ता १ लाखख ३८ हजार थिए, अहिले २ लाख ६० हजार पुगेको छ, खनालले भने, यो गुणात्मक फडको कम्युनिष्ट पार्टी प्रतिको रुचीका कारण संभाव भएको हो ।’
गत निर्वाचनमा १५ स्थानमा ५ सय भन्दा क मभोटले चुनाव हारेको स्मरण गर्दै खनालले केही मेहनत गरे आर्को चुनावमा एमाले पहिलो दल बन्ने दाबी गरे । अध्यक्ष खनालले पुनरोत्थानवादीले टाउको उठाउने कोशिष गरिरहेको भन्दै त्यस बिरुद्ध खबरदारी गर्नुपर्ने बताए ।
‘दक्षिणपन्थी शक्ति चौथो शक्तिको रुपमा उदाउनु सकारात्मक संकेत होइन, खनालले भने, उनिहरु बिरुद्ध खवरदारी गरिहुन पर्छ ।’