एमाले महाधिवेसन बन्दसत्र अवरुद्ध, ओलीपक्षको नारावाजी

397
  •  
  •  
  •  

नेकपा एमाले महाधिवेसन बन्दसत्र अवरुद्ध भएको छ । केपी शर्मा ओली पक्षले बरिष्ठ नेता माधवकुमार नेपाल समुहबाट ओलीको स्वास्थ्य र चरित्रमा प्रश्न उठाएर लेखिएको किताव वितरण गरेको भन्दै बन्दसत्र अबरुद्ध गरेको हो ।

अहिले बन्दसत्र स्थलमा नारावाजी भइरहेको छ । एमाले युवा नेता राजेन्द्रकुमार राईले लेखेको लेखप्रति विरोध जनाउदै नेता केपी शर्मा ओली समूहले महाधिवेशनमा नाराबाजी गरेका छन् ।

कितावको अंशमा केपी ओलीको स्वास्थ्य विग्रीएकाले अध्यक्ष बनाउन हुन्न भन्ने लेखिएको छ ।

कमजोर स्वास्थ्य अवस्था भएकाले अध्यक्ष बनाउन उपयुक्त नहुने उल्लेछ । महाधिवेशन प्रतिनिधिहरुलाई मदन भण्डारी अध्ययन केन्द्रको नामबाट प्रकाशित बुकलेट वितरण गरिएको छ ।

बुकलेटभित्र ओलीको स्वास्थ्यलाई लिएर नकारात्मक कुराहरु राखिएको भन्दै ओली पक्षधर प्रतिनिधिले विरोध जनाएका हुन् ।


  •  
  •  
  •