प्रतिनिधि मनोनयन नगरी वन्दशत्र सुरु

268
  •  
  •  
  •  

काठमाडौं, २० असार (ओएनएस) । नेकपा एमालेको जारी नवौं महाविधेशनमा विधान संशोधनका विषयमा विवाद भएको छ । विवाद कारण स्थायी कमिटि बैठक पाँच प्रतिशत अर्थात एक सय ११ जना महाधिवेशन प्रतिनिधि मनोनयन गर्न असफल भएको छ । प्रतिनिधि मनोनयन नगरी महाधिवेशनको वन्दशत्र सुरु भएको महासचिव ईश्वर पोखरेलले जानकारी दिए ।

प्रतिनिधि मनोनयन गर्न शुक्रवार विहान ९ बजेदेखि केन्द्रीय कार्यालयमा बसेको बैठकमा सहमति भएन । एक नेताका अनुसार अध्यक्ष झलनाथ खनालले आफूले २० प्रतिशत प्रतिनिधि चयन गर्न पाउनुपर्ने र बाँकी ८० प्रतिशत भने माधव नेपाल र केपी ओलीले आधा–आधा बाँड्नु पर्ने प्रस्ताव राखेका थिए । उक्त प्रस्ताव ओली समुहले अस्वीकार गरेपछि प्रतिनिधि चयन अन्योलमा परेको छ । ओएनएससँगको कुराकानीमा एक नेताले मनोनयन गर्नुपर्ने प्रतिनिधि विना नै महाधिवेशन सम्पन्न हुन सक्ने बताएका छन् । उनले भने, ‘यस्तै विवाद कायम रहे प्रतिनिधि मनोनयनको सम्भावना रहँदैन ।’

पार्टीमा पदाधिकारीको संख्या बढाउने नबढाउने विषयमा सहमति जुट्न सकेको छैन् । अधिकांश प्रतिनिधिले पदाधिकारी संख्या बढी भयो भन्दै थप नगर्न नेतृत्वलाई दबाब दिएका छन् ।

विधान संशोधनमा विवाद भएसँगै अध्यक्षका प्रत्यासीद्वय माधव नेपाल र केपी ओलीको प्यानल घोषणा प्रभावित भएको छ । विधान संशोधन नभइ दुवै पक्षले प्यानल घोषणा नगर्ने बताएका छन् । पाँच उपाध्यक्ष, दुई उपमहासचिव र पाँच सचिवको संख्या ठुलो भएको भन्दै तीन उपाध्यक्षमात्र राख्ने विषयमा दुवै पक्षबीच छलफल भइरहेको छ । नेपाल पक्षधर तीन उपाध्यक्ष, महासचिव र पाँच सचिवसहित ११ सदस्यीय पदाधिकारी बनाउनु पर्ने पक्षमा छ । प्रस्तावित विधान अनुसार १ सय ४९ सदस्यीय केन्द्रीय समिति महाधिवेशनबाट निर्वाचित हुनेछ ।

यसैगरी केन्द्रीय कमिटीले ५१ सदस्यीय पोलिटब्यूरो निर्वाचित गर्नेछ भने पोलिटब्यूरोले बढीमा १७ सदस्यीय स्थायी समिति चयन गर्नेछ ।


  •  
  •  
  •