काठमाडौं । नेकपा एमालेका निर्वाचित स्थानीय तह प्रमुख र उप प्रमुखहरुको भेलाले ‘शासक नभई सेवक बन्नुुु’ घोषणासहितको २० बुँदे संकल्प प्रस्ताव पारित गरेको छ । एमालेका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूको बिहीबार शुक्रबार भएको प्रशिक्षण कार्यक्रमपछि संकल्प जारी गरिएको हो ।
संकल्प प्रस्तावमा एमालेका जनप्रतिनिधिले पालना गर्ने आचरणदेखि कामका प्राथिमकता पनि उल्लेख छन् । संकल्प पत्रमा उनीहरुले आफुहरु शासक होइन, जनताको सेवक बन्ने, आफुहरुको नेतृत्वमा रहेका पालिकाहरुमा सुशासनका नमूना बनाउने, सदाचारमा नमूना बन्ने, कडाइका साथ भ्रष्टाचार नियन्त्रण गर्ने लगायतका बुँदाहरु रहेका छन् ।
संकल्प पत्रमा सरकारी सवारी साधन, इन्धन र सरकारी स्रोतलाई मितव्ययी ढंगले र सार्वजनिक हितमा प्रयोग गरिने समेत उल्लेख छ ।