मुलुकको आर्थिक सामाजिक रुपान्तरणका लागि नेतृत्व

286
  •  
  •  
  •  

 
काठमाडौं, १९असार (ओएनएस) नेकपा एमालेका शीर्षस्थ नेताहरुले मुलुकको आर्थिक सामाजिक रुपान्तरणका लागि नेतृत्व लिने बताएका छन् ।

साथै उनिहरुले पार्टीलाई एकताबद्ध राख्दै नयाँ नेतृत्व चयन गर्ने प्रतिबद्धता जनाएका छन् ।
काठमाडौमा बिहीवार देिख सुरु नवौ महाधिवेशन उदघाटन समारोहलाइ संवोधन गर्दै नेताहरुले नेकपा एमालेलाइ देशको मुख्य शक्ति बनाउने गरी अघि बढ्नु पर्ने बताएका हुन् ।

अबेर साझ सकिएको उदधाटन समारोहलाइ संवोधनगर्दै अध्यक्ष झलनाथ खनालले एमालेको महाधिवशेदनले मुलुकको नेतृत्व नेकपा एमालेले मात्र गर्न सक्ने बताए ।

यथास्थितीवादी र उग्रबामपन्थी भड्काववाट बचाएर देशलाइ अघि बढाउने तागत एमालेसंग मात्र रहेको उनले दावी गरे ।
‘यहाँबाट बहिर निस्किदा हामी देशलाइ नयाँ नेकपा एमालेले सक्षम नेतृत्व चयन गर्नेछ ।’ बरिष्ठ नेता माधवकुमार नेपालले नबौ महाधिवेशन कम्युनिष्ट आन्दोलनका लागि कोशेढुङ्गा सावित हुने बताए ।
‘राजनीतिक क्रान्ति पूरा भएको र आर्थिक, सामाजिक समृद्धि पूरा गर्नका लागि यो महाधिवेशन पाँचौ महाधिवेश पछिको महत्वपूर्ण हुनेछ’ उनले भने ।

नेता नेपालले नेकपा एमालेलाइ कम्युनिष्ट पार्टीको मुलधारको रुपमा विकास गर्नु जरुरी रहेको बताए । शान्तिपूर्ण बाटोवाट कम्युनिष्टहरुले परिवर्तन गर्न सक्छन भनेर एमालेले संसार सामु नयाँ सन्देश दिएको उनको भनाइ थियो ।
संसदीय दलका नेता केपी ओलीले नेकपा एमाले एकताबद्ध रहेको उल्लेखगर्दै त्यस्तो एकता औचित्य, तर्क र न्यायका आधारमा हुने बताए । नेकपा उमालेले लिएको सही नीतिका कारण यथास्थितीवादी र उग्रबामपन्थी बिचार राख्नेहरु ओझेल परेको उनको दावी थियो ।

‘बैचारिक ढंगले उग्र्रबामपन्थीसंग र राजनीतिक रुपमा यथास्थितीवादीसंग हाम्रो संघर्ष चलिरहेको छ’ ओलीले भने ।

अध्यक्षका प्रत्यासीद्वय नेपाल र अ‍ेली दुबैले आफ्ना कुरा बन्द शत्रमा सबिस्तार राख्ने भन्दै मन्तव्य छोट्याएका थिए ।

सबैभन्दा लामो भाषण गरेका उपाध्यक्ष बामदेव गौतमले आगामी निर्वाचनबाट नेकपा एमालेलाइ स्पष्ट बहुमत सहितको पहिलो दल बनाउने लक्ष सहित महाधिवेशन सम्पन्न गर्नुपर्ने बताए ।
‘भविश्यमा आउने अविभारा पूरा गर्नका लागि नेकपा एमाले एकता बद्ध हुनुको विकल्प छैन, गौतमले भने–नेतृत्व चयन गर्दा अन्तिम समय सम्मपनि सहमतिको प्रयास गरौ ।’ अन्य कम्युनिष्ट पार्टी छिन्न भिन्न बनिरहेको समयमा नेकपा एमालेले आफूलाइ कम्युनिट केन्दको मियो बनाउनु पर्ने उनले दावी गरे ।

रुसमा लेलिनले गरेको बोल्सेभिक क्रान्तिपछि नेपालमा शान्तिपूर्ण रुपमा राजनीतिक क्रान्ति सम्पन्न भएको सन्देश दिनु नेकपा एमाले सक्षम अन्तर्राष्ट्रिय दायित्व रहेको गौतमले बताए ।

‘सगरमाथाको देश नेपाल कामदार निर्यात गर्ने देशको रुपमा बदनाम भइरहेको छ, उनले भने, अब हामी राजनीतिक विचार निर्यात गर्ने अबस्थामा पुगेका छौ ।’

जनताको बहुदलीय जनबादलाइ दक्षिण एसियाका देशमा फैसाउन सकिने गौतमले बताए । संविधान सभा अध्यक्ष सुवास नेम्वाङले सहमतिमै नेतृत्व चयन गर्न आग्रह गरे ।

‘चुनाव भन्दा अगाडी अध्यक्ष झलनाथ खनालले एमालेका नेता मिल्दा देश हल्लिन्छ भन्नु भएको थियो, नेम्वाङले भने– तपाइ प्रतिनिधिले भन्नुपर्छ, देशै हल्ले पनि तपाइ तिन नेता मिल्नु पर्छ ।’

 


  •  
  •  
  •