एमाले १० औँ महाधिवेशनः दुई दिन लम्बिँदा बढ्यो डेढ करोड खर्च

472
  •  
  •  
  •  

काठमाडौं । चितवनको सौराहमा जारी नेकपा एमाले दशौँ महाधिवेशन दुई दिन लम्बिँदा खर्च बढेको छ । एमालेका कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार
निर्धारितभन्दा दुई दिन महाधिवेशन लम्बिँदा डेढ करोड रुपैयाँ खर्च बढेको हो । दुई दिनका लागि तय भएको महाधिवेशन चार दिनको हुँदा डेढ करोड खर्च बढेको सचिव तामाङले बताए ।

सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि भएको मतदान सकिएको भएको छ । बिहान ४ बजेदेखि सुरु भएको मतदान भर्खर सकिएको हो । करिब २२ सय प्रतिनिधिले नयाँ नेतृत्व चयनका लागि मतदान गरेका छन् ।

चुनावमा अध्यक्षका लागि निवर्तमान अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावल प्रतिस्पर्धामा छन् ।


  •  
  •  
  •