एमाले महाधिवेशन सुरु

570
  •  
  •  
  •  

 

काठमाडौं, १९ असार (ओएनएस) नेकपा एमालेको नवौँ राष्ट्रिय महाधिवेशनको बिहीवार भव्य समारोहबीच उद्घाटन भएको छ । राजधानीको भृकुटीमण्डपमा आयोजित विशेष समारोहमा एमालेका अध्यक्ष झलनाथ खनालले उद्घाटन गरेको अधिवेशनमा सबैसजो दलका शिर्ष नेता शुभकामना दिन उपस्थिति थिए ।

महाधिवेशन स्थलमा राखिएको रोबोटले पुष्पवृष्टि गरेको थियो । महाधिवेशनमा मुलुकभरका दुई हजार २ सय ५० प्रतिनिधि र पर्यवेक्षकको सहभागिता रहेको बताइएको छ । महाधिवेशनमा विभिन्न देशका भाइचारा पार्टीका प्रतिनिधिहरूको समेत सहभागिता छ ।
आगामी नेतृत्वका लागि वरिष्ठ नेता माधव नेपाल र संसदीय दलका नेता केपी शर्मा ओलीले अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

उद्घाटनसत्रमा आफूहरूलाई सहभागी नगराइएको र प्रवेश नदिइएको भन्दै एमालेका कार्यकर्ताहरूले उद्घाटन स्थल बाहिर नाराबाजीसहित रोष प्रकट गरिरहेका छन् । महाधिवेशन उद्घाटनस्थलमा पत्रकार, प्रतिनिधि र अतिथिबाहेक अरुलाई प्रवेशमा रोक लगाइएकामा आक्रोशित कार्यकर्ताको समूहले स्वागतद्वार र अधिवेशनका सामग्री तोडफोड गरेको छ ।
महाधिवेशन व्यवस्थित बनाउन एमालेले उद्घाटन सत्रमा प्रतिनिधि, पत्रकार र पाहुनालाई समेत प्रवेश पासको व्यवस्था गरेको थियो ।
महाधिवेशनस्थलमा आफूहरुले पनि प्रवेश पाउनुपर्छ भन्ने माग राखेर उद्घाटन समारोहस्थल प्रदर्शनीमार्गमा केही कार्यकर्ताले महाधिवेशनका लागि बनाइएका प्रवेशद्वारसमेत तोडफोड गरेका थिए ।

एमालेमा रहेर लामो समयदेखि योगदान गरेको भए तापनि महाधिवेशनमा प्रवेश पाउन नपाएकामा खिन्नता व्यक्त गरेको प्रतिक्रिया कार्यकर्ताले दिइरहेका थिए । यस्तै हो भने आगामी दिनमा लेबीवापतको पैसा तिर्ने कि नतिर्ने भन्ने प्रश्न उब्जेको गुनासो उनीहरुको थियो ।

आक्रोशित कार्यकर्तालाई साम्य तुल्याउन खटिएका स्वयम्सेवकको प्रयास त्यतिखेर कमजोर साबित भएको थियो । आक्रोशित कार्यकर्ताले बाहिरबाट समारोहस्थल नजिक रड र ढुङ्गासमेत बर्साएका थिए ।

महाधिवेशनस्थलमा अध्यक्षका प्रत्यासी वरिष्ठ नेता माधवकुमार नेपाल र नेता केपी शर्मा ओली पुग्दा आआफ्ना पक्षकाले तालीको गड्गडहटबाट स्वागत गरेका थिए ।

उद्घाटनस्थलमा जान जाँचका लागि विद्युतीय प्रवेशद्वारको व्यवस्था गरिएको थियो । महाधिवेशनलाई ध्यानमा राखी शान्ति सुव्यवस्था कायम गर्न सुरक्षा व्यवस्था कडा बनाएको थियो ।

महाधिवेशनमा छिमेकी मुलुकका विभिन्न पार्टीका पाहुना र कम्युनिस्ट पार्टीका नेताहरुले समेत सो अवसरमा सहभागिता जनाएका थिए । उदघाटन सत्र बिहीवार सकिएपछि शुक्रवार बन्द सत्र सुरु हुने एमालेले जनाएको छ ।
कसैको समर्थन, कसैको आलोचना
नेकपा एमालेको महाधिवेशनको उदघाटन समारोहमा आमन्त्रित मध्ये केही दलले नेकपा एमालेको समर्थन गरेका छन भने कसैले आलोचना गरेका छन् ।
नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेलले एमालेले झापा बिद्रोहका एजेण्डा बिर्षीएको आरोप लगाए । ‘नेकपा एमालेले माक्सबाद र लेलिनवादलाइ पथ प्रदर्शक सिद्धान्त मानेको छ, तर माओवादी बिनाको माक्सवाद पूर्ण हुन सक्दैन’ गजुरेलले भने ।
गजुरेलले नयाँ जनवादी क्रान्ति पूरा भएको भन्ने एमालेको प्रतिवेदनको खण्डन गरे । ‘इच्छाले इतिहास फड्को मार्न सक्दैन, गजुरेलले भने, जनवादी क्रान्ति पूरा भयो भन्नु केबल भ्रम हो ।’
नेकपा संयुक्तका चन्द्रदेव जोशीले ढिलै भएपनि एमालेले सही कार्यदिशा लिएको बताए । राप्रपा नेपालका महामन्त्री चन्द्रबहादुर गुरुङले एमालेसंग शासकीय स्वरुपमा सहमति जुटन सक्ने संकेत गरे ।
यस्तो पनि देखियो
महाविधेशनस्थलमा पिउने पानी अभाव भएपछि पत्रकार र प्रतिनिधि पानी पिउन नपाइएर यताउति भौँतारिइरहेका देखिन्थे । कार्यक्रम लामो भएकाले भोक लागेका प्रतिनिधि महाधिवेशनस्थल भित्रपट्टि रहेको चमेनागृहबाट खाजा मगाई खाइरहेका थिए । तर बाहिर आक्रोसित कार्यकर्ताले भित्र पानी लिन नदिएपछि पानीको समस्या भएको थियो ।
_AKD3891
भारतीय जनता पार्टीका नेता विजय जोलीलाई एमाले कार्यकर्ताले दुव्र्यवहार गरेका छन् । महाधिवेशनस्थलबाट बाहिर निस्केर गाडी चढ्ने क्रममका बाहिर प्रदर्शन गरिरहेका कार्यकर्ताकाले पानीको वोतल प्रहार गरेका थिए । प्रहरीले त्यसपछि लाठी चार्ज गरेको छ । ५ जनालई गिरफ्तार गरेको छ । उनी एमालेको महाधिवेशनमा भाग लिन आएका थिए ।

 


  •  
  •  
  •