काठमाडौं, १९ असार (ओएनएस) नेकपा एमालेको महाधिवेशनको उदघाटन समारोहमा आमन्त्रित मध्ये केही दलले नेकपा एमालेको समर्थन गरेका छन भने कसैले आलोचना गरेका छन् ।
नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेलले एमालेले झापा बिद्रोहका एजेण्डा बिर्षीएको आरोप लगाए ।
‘नेकपा एमालेले माक्सबाद र लेलिनवादलाइ पथ प्रदर्शक सिद्धान्त मानेको छ, तर माओवादी बिनाको माक्सवाद पूर्ण हुन सक्दैन’ गजुरेलले भने ।
गजुरेलले नयाँ जनवादी क्रान्ति पूरा भएको भन्ने एमालेको प्रतिवेदनको खण्डन गरे । ‘इच्छाले इतिहास फड्को मार्न सक्दैन, गजुरेलले भने, जनवादी क्रान्ति पूरा भयो भन्नु केबल भ्रम हो ।’
नेकपा संयुक्तका चन्द्रदेव जोशीले ढिलै भएपनि एमालेले सही कार्यदिशा लिएको बताए । राप्रपा नेपालका महामन्त्री चन्द्रबहादुर गुरुङले एमालेसंग शासकीय स्वरुपमा सहमति जुटन सक्ने संकेत गरे ।