एमाले स्थायी कमिटी बैठक बस्दै, यस्ता छन् एजेन्डा

103
  •  
  •  
  •  


काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्ने भएको छ ।
पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार बैठक अपरान्ह ४ बजे बस्न लागेको हो ।
बैठकमा वडा र पालिका अधिवेशनको समीक्षालगायत विषयमा आज छलफल हुनेछ ।
एमालेले कात्तिक ६ मा वडा र कात्तिक ९ मा पालिका अधिवेशन गरेको थियो। केही वडा र पालिकामा भने अधिवेशन हुन बाँकी नै छ। राष्ट्रिय महाधिवेशनको मापदण्ड र कार्यतालिकालगायत विषयमा पनि आज स्थायी कमिटी बैठकमा छलफल गरिने तामाङले जानकारी दिए।


  •  
  •  
  •