देशभरका पालिकामा आज एमालेको अधिवेशन 

64
  •  
  •  
  •  


काठमाडौं । नेकपा (एमाले) ले मंगलबार देशभरका स्थानीय पालिका स्तरका कमिटीको अधिवेशन गर्दैछ। एमालेको दसौँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा ७ सय ५३ पालिकास्तरमा अधिवेशन हुन लागेको हो । विशेष क्षेत्रअन्तर्गतका इलाकाको पनि एकैसाथ अधिवेशन हुनेछ । अधिवेशनको पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कार्यालय, थापाथलीको वार रुमबाट दिउँसो १ बजे भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।
यसका लागि प्राविधिकलगायत तयारी पूरा भएको उनले बताएका छन् ।
यसअघि यही कात्तिक ६ गते सबै वडास्तरमा अधिवेशन तय गरिएकामा अधिकांश वडामा सम्पन्न भएको छ भने बाढी पहिरो प्रभावित केही स्थानमा स्थगन भएको छ । पार्टीको नयाँ विधानबमोजिम गाउँ÷ नगरपालिकामा ७५, उपमहानगरपालिकामा ८५ र महानगरपालिका एक सय एक सदस्यीय कार्यसमिति निर्वाचित हुनेछ ।


  •  
  •  
  •