एमाले महाधिवेशनस्थलमा तनाव

104
  •  
  •  
  •  

काठमाडौं, १९  असार (ओएनएस) । नेकपा एमालेको नवांै महाधिवेशन उद्घाटन समारोह हेर्न पाउने माग गर्दै नेकपा एमालेका कार्यकर्ताले महाधिवेशनको मुल गेटमा प्रदर्शन गरिरहेका छन् । कार्यकर्तालाइ संगैको राष्ट्रिय सभा गृहमा प्रत्यक्ष हेर्ने व्यवस्था गरिए पनि कार्यकर्ताले महाधिवेशन उद्घाटन समारोहमा जान पाउनुपर्ने भन्दै नारावाजी गरिरहेका छन् ।

नारावाजी गरिरहेका एमाले कार्यकर्ताले महाधिवेशनका लागि बनाइएका ३ वटा स्वागत गते तोडफोडसमेत गरेका छन् । उनीहरुले पार्टीलाई दिएको लेवी पनि फिर्ता गर्न मागरे गरेका छन् । उद्घाटन स्थलमा प्रवेश गर्न पनि पासको व्यवस्था गरिएपछि सयौं कार्यकर्ता उद्घाटन स्थलमा जानबाट रोएिका छन् ।

यसैबीच महाधिवेशनको उद्घाटनमा अतिथिका रुपमा सहभागिता जनाउन आएका कांग्रेस उपसभापति रामचन्द्र पौडेलको गाडीमा तोडफोड गरेका छन् । कार्यकर्ता र स्वयम सेवकबीच संभावित झडप नियन्त्रणका लागि ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ ।


  •  
  •  
  •