एमालेको परिपत्र, ‘सकेसम्म सहमतिमा नेतृत्व चयन गर्नू’

82
  •  
  •  
  •  


काठमाडौं । नेकपा (एमाले) ले वडा र पालिका अधिवेशनका लागि मातहतका निकायलाई परिपत्र जारी गरेको छ। केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङद्वारा जारी परिपत्रमा अधिवेशनमा सहमतिमै नेतृत्व चयन गर्न आग्रह गरिएको छ । अधिवेशनको उद्घाटन समारोहमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट सम्बोधन गर्ने भन्दै त्यसमा जोडिने व्यवस्था गर्नसमेत निर्देशन दिइएको छ।
नेतृत्व चयनको विधिबारे पनि पत्रमार्फत निर्देशन गरिएको छ, ’नेतृत्व चयन गर्दा सकेसम्म सर्वसम्मत विधि अपनाउने र सर्वसम्मत नभए मात्र निर्वाचन विधि अपनाउने।’
एमालले कात्तिक ६ गते वडा र ९ गते पालिका अधिवेशन गनेृ तयारी गरेको छ। ‘वडा अधिवेशन भर्चुअल माध्यमबाट नेट सुविधा भएका वडाहरूको केन्द्रीय अध्यक्षद्वारा उद्घाटन र सम्बोधन गरिनेछ र पालिका अधिवेशनहरू अध्यक्ष केपी शर्मा ओलीद्वारा एकसाथ सम्बोधन गरिने व्यवस्था गरिनेछ,’ परिपत्रमा लेखिएको छ।
यसका शुक्रबार लिंक पठाइने परिपत्रमा उल्लेख छ। यसका लागि सम्भव भए स्क्रिनको व्यवस्थापन गर्न र सम्भव नभए मोबाइलबाट लिंक जोडेर लाउड स्पिकरमा अधिवेशन परिसरमा अध्यक्षको सम्बोधनलाई जोड्नुपर्ने परिपत्रमा उल्लेख छ।
अधिवेशन सञ्चालन गर्न जिल्ला कमिटी पदाधिकारी तथा सदस्यलाई पालिका र वडामा अधिवेशनको सहजीकरणका लागि जिम्मेवारी तोक्नुपर्ने समेत परिपत्रमा उल्लेख छ। वडा अधिवेशन सम्पन्न भएपछि पदाधिकारीसहितका कमिटीका फोन नम्बर, इमेलसहित नामावली, अद्यावधिक विवरण जिल्ला, प्रदेश र केन्द्रीय कार्यालयमा पठाउनसमेत परिपत्रमार्फत आग्रह गरिएको छ।


  •  
  •  
  •