एमाले महाविधेशनको तयारी अन्तिम चरणमा

167
  •  
  •  
  •  

काठमाडौँ, १८ असार (ओएनएस) । नेकपा एमालेको तयारी अन्तिम चरणमा पुगेको छ ।

प्रतिनिधिको प्रमाणिकारण बाहेक अरु सबै काम पुरा भएको एमालेले जनाएको छ ।

महाधिवेशन व्यवस्थापन समितिका सचिव विष्णु रिमालका अनुसार अहिलेसम्म झण्डै आधा प्रनिनिधिको मात्र प्रमाणिकरण भएर परिचयपत्र सहितको कार्ड उपलबब्ध गराएको छ ।

यसैबीच नवौँ महाधिवेशनको मूल सचिवालय आजदेखि महाधिवेशनस्थल भृकृटीमण्डपमा स्थापना हुँदैछ । केन्द्रीय कार्यालय बल्खुमा रहेको सो सचिवालय आज पार्टी अध्यक्ष झलनाथ खनालले पत्रकार सम्मेलन गरी उद्घाटन गर्नुहुने कार्यक्रम छ ।

एमाले प्रचार विभागका सचिव सूर्य थापाका अनुसार महाधिवेशन अगाडिको अन्तिम नियमित पत्रकार सम्मेलनबाट तयारीका सबै जानकारी पनि दिइनेछ । भोलिदेखि भृकुटीमण्डपमा एमालेको महाधिवेशन प्रारम्भ हुँदैछ ।

महाधिवेशनका लागि छानिएका प्रतिनिधिले आफ्नो नाम दर्ता कार्यलाई जारी राखेका छन् । प्रतिनिधिहरु काठमाडौँ आउने क्रम पनि जारी छ ।

महाधिवेशनस्थललाई प्रविधियुक्त बनाउने र सञ्चार केन्द्र स्थापना गर्ने कार्य पनि भइरहेको थापाले बताउनुभयो । असार १५ गतेदेखि नै सचिवालय सार्ने भनिए पनि शैक्षिक परामर्श केन्द्रहरुको मेलाका कारण पछि सरेको हो ।

महाधिवेशनमा अध्यक्षका प्रत्याशी नेता माधवकुमार नेपाल र केपी शर्मा ओलीले समूहगत प्रचारलाई तीव्रता दिइरहनुभएको छ ।

ओली समूह निकट जिल्ला अध्यक्ष तथा जनवर्गीय सङ्गठनका अध्यक्षहरुले आजै पत्रकार सम्मेलन गरी आफ्नो धारणा सार्वजनिक गर्ने तयारी गरेका छन् ।


  •  
  •  
  •