एमाले स्थायी कमिटी बैठक अन्तिम समयमा स्थगित

83
  •  
  •  
  •  

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठक अन्तिम समयमा स्थगित भएको छ। एकता प्रक्रियालाई अघि बढाउन भन्दै नेताहरु तुल्सीलाल स्मृति प्रतिष्ठानमा पुगिसकेपछि बैठक स्थगित भएको हो।

एमाले एकतालाई गति दिन भन्दै विघटित कार्यदलका सदस्यको आग्रहपछि बैठक स्थगित गरिएको प्रवक्ता प्रदीप ज्ञवालीले बताएका छन्। एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले पनि विघटित कार्यदलका सदस्यहरुको आज सिंहदरबारमा बसेको अनौपचारिक छलफलपछि बैठक स्थगित गर्न आग्रह भएको बताएका छन्।

विघटित कार्यदलका सदस्यहरुको आग्रह अनुसार आजका लागि डाकिएको बैठक स्थगित भएको हो। बैठकमा सहभागी हुन अध्यक्ष केपी शर्मा ओलीसहित स्थायी कमिटी सदस्यहरु च्यासल पुगेका थिए।


  •  
  •  
  •