एमालेले जनप्रतिनिधिलाई अभिमुखीकरण दिने, विज्ञसहितकाे टाेली तयार

67
  •  
  •  
  •  

Ishwor-pokhralIshwor-pokhral

काठमाडौं, ३ साउन (ओएनएस) : नेकपा एमाले स्थानीय तहको चुनावमा निर्वाचित जनप्रतिनिधिहरुका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

मंगलबार पार्टी महासचिव कमरेड ईश्वर पोखरेलको अध्यक्षतामा केन्द्रीय कार्यालय धुम्बराहीमा बसेको केन्द्रीय सचिवालय बैठकले अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।

बैठकले यसअघि सम्पन्न स्थायी समितिको बैठकले निर्णय गरेबमोजिम पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूका लागि प्रदेशस्तरमा दुई दिवसीय अभिमुखीकरण कार्यक्रम गर्ने निर्णय गरेको छ । बैठकले त्यसका लागि मिति र विषयसमेत तय गरेको पार्टीका प्रचार प्रसार विभाग प्रमुख योगश भट्टराईले जनाकारी दिए ।

कहिले कहाँ ?
एमालेले सञ्चालन गर्न लागेको अभिमुखीकरण कार्यक्रम प्रदेश नम्बर ७ बाट सुरु गरिनेछ । जसअन्तर्गत प्रदेश नम्बर ७ मा साउन ७ र ८ गते गर्नेछ भने त्यसपछि सिधै प्रदेश नम्बर ५ मा १० र ११ गते अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिनेछ ।

त्यस्तै, प्रदेश नम्बर १ मा साउन २१ र २२ गते र प्रदेश नम्बर ३ र ४ मा २७ र २८ गते एकै दिन अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिनेछ ।

अभिमुखीकरण कार्यक्रमहरुको व्यवस्थापन गर्ने जिम्मेवारी सम्बन्धित प्रदेश संगठन कमिटीहरूलाई दिइएको छ ।
अभिमुखीकरण कार्यक्रममा स्थानीय तहको वित्त व्यवस्थापन, विकास निर्माण, स्रोत परिचालन, कानुनी प्रबन्धलगायत राजनीतिक दायित्वहरूका बारेमा विषय विज्ञसहित पार्टी नेताहरूले प्रशिक्षण दिने प्रचार प्रसार प्रमुख भट्टराईले जनाकारी दिए ।

कसको सहभागिता हुनेछ ?
१. नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरू,
२. गाउ“पालिकाका अध्यक्ष तथा उपाध्यक्षहरू,
३. नगरपालिका र गाउ“पालिकाका प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्षमध्ये कुनै एक मात्रमा विजय भएको तहबाट थप एकजना निर्वाचित बरिष्ठतम वडाध्यक्ष,
४. प्रमुख÷उपप्रमुख तथा अध्यक्ष÷उपाध्यक्ष नभएका तहबाट दुईजना बरिष्ठतम वडाध्यक्षहरू,
५. पार्टीका जिल्ला कमिटीका अध्यक्ष, स्थानीय निकाय विभाग प्रमुखहरू र प्रदेशका संगठन कमिटीका स्थानीय निकाय विभाग प्रमुखहरू,
६. पार्टीका जिल्ला इन्चार्जहरू,
७. सम्बन्धित प्रदेश अन्तर्गतका व्यवस्थापिका–संसद्का सदस्यहरू


  •  
  •  
  •