एमालेले मन्त्री आज छान्ने

112
  •  
  •  
  •  

काठमाडौं १८ कात्तिक (ओएनएस) :  प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् । साँझ ५ बजे सपथ गराउने गरि विस्तारको तयारी भइरहेको एमालेले जनाएको छ । सचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीले नेताहरुसँग छलफल गरेर नाम छान्ने बताए । एमालेले सरकारमा पठाउने मन्त्री छान्ने जिम्मा प्रधानमन्त्री केपी ओलीलाई दिएको छ।

पार्टीको मंगलबार अबेर सम्पन्न स्थायी समिति बैठकले मन्त्री बनाउनका लागि आवश्यक मापदण्डसमेत पारित गरेको छ। उनका अनुसार पार्टीका वरिष्ठ नेताहरूसँग समेत परामर्श गरेर प्रधानमन्त्री ओलीले आज मन्त्री चयन गर्नेछन्।

बैठकले मन्त्री बनाउँदा प्रत्यक्ष निर्वाचित सांसदहरूलाई प्राथमिकता दिनुपर्ने, आदिवासी जनजाति, दलित र महिलाको समानुपतिक प्रतिनिधित्व हुनुपर्ने, संविधानअनुसार विभाजन गरिएका सात प्रदेशको समानुपातिक प्रतिनिधित्व हुनुपर्ने मापदण्ड तयार गरेको हो।अन्य दलहरूलाई पनि मिलाउनुपर्ने भएकाले एमालेले आठ मन्त्रालयमा चित्त बुझाउने भएको छ।


  •  
  •  
  •